तीन प्रविधि कम्पनीको आईपीओलाई चीनको स्वीकृति
बेइजिङ ।
चीनको धितोपत्र नियामक निकायले विज्ञान तथा प्रविधिसम्बन्धी तीनवटा कम्पनीको प्रारम्भिक सार्वजनिक आह्वान (आईपीओ) अर्थात् साधारण सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । सिन्ह्वाका अनुसार स्वीकृति पाउनेमा वुक्सी ह्याटेक कम्पनी लिमिटेड, शेन्जेन, सनमुन माइक्रोइलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र डंगुआन डिंगटोंग प्रिसाइजन मेटल कम्पनी लिमिटेड छन् । तीनवटै आईपपीओ सांघाई स्टक एक्सचेन्जको साइन्स टेक्नोलजी इन्नोभेसन बोर्ड अर्थात् स्टार मार्केटमा सूचीकृत हुने चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनले जनाएको छ ।
आईपीओ जारी गर्ने मिति भने स्टक एक्सचेन्जसँगको छलफलपछि सम्बन्धित कम्पनीले नै तोक्ने बताइएको छ । स्टार मार्केट गत जुनदेखि सुरु भएको हो । यसले उच्चस्तरीय विज्ञान तथा प्रविधि कम्पनी र रणनैतिक रुपमा उदाइरहेका क्षेत्रलाई लक्षित गर्छ । यो बजार अमेरिकाको प्रविधि कम्पनीहरुको सेयरबजार नास्डाककै प्रतिस्पर्धीका रुपमा चीनले स्थापना गरेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया