पाँच ठूला भारतीय कम्पनीले मार्केट क्यापमा गुमाए १० खर्ब
नयाँ दिल्ली ।
भारतीय १० ठूला कम्पनीमध्ये पाँचवटाले बजार पुँजीकरण (मार्केट क्याप)मा १० खर्ब ७१ अर्ब ६० करोड भारु गुमाएका छन् । गत हप्ताको बजार मूल्यांकनअनुसार पाँच कम्पनीले उक्त कुल नोक्सानी व्यहोरेको टाइम्स अफ इन्डियाले जनाएको छ । यसमा सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स इन्डस्ट्रिज रहेको छ । त्यस्तै टाटा कन्सल्टेन्सी सर्भिसेज लिमिटेड, हल, इन्फोसिज लिमिटेड र आईसीआईसीआई बैंकले पनि बजार पुँजीकरणमा नोक्सानी व्यहोरेका छन् । तर एचडीएफसी बैंक, एचडीएफसी लिमिटेड, बजाज फाइनान्स लिमिटेड र भार्ती एयरटेलले भने केही लाभ प्राप्त गरेका छन् ।
आरआईएलको मूल्यांकन ६ खर्ब ९३ अर्ब ७८ करोडबाट घटेर १ सय २८ खर्ब ४२ अर्ब भारुमा झरेको छ । त्यस्तै टीसीएसको पनि ४१ अर्ब ६५ करोड घटेर ९९ खर्ब ७९ अर्ब ८४ करोडमा झरेको छ भने हिन्दुस्तान युनिलिभर (हल)को १ खर्ब ६२ अर्ब ११ करोड घटेर ४९ खर्ब ८० अर्ब ११ करोड भारु बजार पुँजीकरणमा खुम्चिएको छ । यसबाहेक इन्फोसिजको १ खर्ब २९ अर्ब ४८ करोड घटेर ४६ खर्ब ९८ अर्ब ३४ करोड भारुमा झर्दा आईसीआईसीआईको ४४ अर्ब ५५ करोड घटेर ३३ खर्ब १३ अर्ब १५ करोड भारुमा झरेको छ ।
तर एचडीएफसीको मूल्यांकन भने ३९ अर्ब ३८ करोड बढेर ४१ खर्ब ९६ अर्ब ९९ करोड भारु पुगेको छ । त्यस्तै कोताक महिन्द्रा बैंकको पनि २ खर्ब ३४ अर्ब ४५ करोड बढेर ३७ खर्ब ३९ अर्ब ४७ करोड भारु पुगेको छ । त्यस्तै बजाज फाइनान्सको मूल्यांकन पनि २ खर्ब ७ अर्ब ४७ करोडले बढेर २८ खर्ब ४२ अर्ब ८५ करोड भारु पुग्दा भार्ती एयरटेल लिमिटेडको ११ अर्ब ४५ करोडले बढेर बजार मूल्यांकन २६ खर्ब ३७ अर्ब ७६ करोड भारु पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया