भारतबाट डेढ अर्ब डलरको स्मार्टफोन निर्यात हुने अनुमान
नयाँ दिल्ली ।
सन् २०२० मा भारतबाट डेढ अर्ब अमेरिकी डलरको स्मार्टफोन निर्यात हुने अनुमान गरिएको छ । टेलिकम रिसर्च कम्पनी टेकएआरसीले सोमबार यससम्बन्धी मोबाइल फोन निर्यात प्रतिवेदन सार्वजनिक गर्दै उक्त अनुमान गरेको भारतीय मिडियाले जनाएका छन् । कम्पनीको विश्लेषणअनुसार सेप्टेम्बरसम्म नै १ अर्ब ३० करोड अमेरिकी डलरको स्मार्टफोन निर्यात भइसकेको छ ।
त्यस्तै भारतीय वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको अगस्टसम्मको तथ्यांकअनुसार १ हजार ७ सय ८१ करोड भारु मूल्यबराबरको स्मार्टफोन निर्यात भएको थियो । जुन मार्च महिनाको ९ सय ७६ करोड भारुको तुलनामा अत्यधिक हो । तथ्यांकअनुसार जनवरीदेखि सेप्टेम्बरसम्म भारतबाट कुल १ करोड २८ लाख मोबाइल फोन निर्यात भएका थिए । त्यसमा १ करोड ९ लााख वटा स्मार्टफोन रहेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
त्यस्तै फोन निर्यातमा कोभिड १९ को असर पनि देखिएको छ । जनवरी–मार्च अवधिमा ७४ लाखवटा स्मार्टफोन निर्यात भएकोमा अप्रिल जुन अवधिमा केवल १२ लाखवटा मात्रै निर्यात भएको छ । तर पुनः निर्यातमा सुधार हुँदै जुलाई–सेप्टेम्बरमा ४२ लाख युनिट स्मार्टफोन निर्यात भएको रिपोर्टले देखाएको छ । भर्खरै ल्याइएकोा पीएलआई स्किमले स्मार्टफोन निर्यातमा सुधार गर्ने अपेक्षा गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ । उक्त स्किम १६ इलेक्ट्रोनिक्स कम्पनीको पक्षमा रहेको छ । जसमा १० वटा मोबाइल हेन्डसेट बनाउने कम्पनी छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया