खुला आकाश प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
वासिङ्टन ।
संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि खुला आकाश प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ । अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।
तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।
यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो । रुस र अमेरिका सहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एकअर्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए । रुस र अमेरिकाले प्रायः एकअर्का मुलुकमाथि सन्धिका प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए । तर ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया