Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविना सम्झौताको ब्रेक्जिटले बेलायती कार उद्योगलाई ५५ अर्ब पाउन्ड घाटा

विना सम्झौताको ब्रेक्जिटले बेलायती कार उद्योगलाई ५५ अर्ब पाउन्ड घाटा


लन्डन ।
बेलायती सवारीसाधन उद्योगले ईयू–बेलायत सम्झौताविनै बेलायतको बहिर्गमन भए ५५ अर्ब पाउन्ड स्टर्लिङबराबरको घाटा व्यहोर्न सक्ने बताइएको छ । बीबीसीका अनुसार यदि ब्रेक्जिट सम्झौता नभए उक्त परिमाणको सवारीसाधन उत्पादन घट्ने चेतावनी दिइएको हो ।

मोटर उत्पादक तथा व्यापारीहरुको समाज (द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स)ले सरकारलाई त्यस्तो परिस्थिति आउन नदिन सरकारलाई आग्रह गरेको छ । उसले विश्व व्यापार संगठनको नियमअनुसार लाग्ने करबाट जोगिन पनि ब्रेक्जिट सम्झौता गर्नैपर्ने सुझाव दिएको छ । युरोपेली अटोमोटिभ क्षेत्रले कोरोना महामारीका कारण ठूलो घाटा व्यहोरेका छन् । यस्तोे अवस्थामा व्यापार करले यस क्षेत्रलाई थप मार पर्ने एसएमएमटीको ठहर छ ।

बेलायत युरोपबाट अलग्गिने क्रममा छ । जनवरी ३१ मा बेलायत युरोपबाट बाहिरिनेछ । ३८ दिनको समयावधि बाँँकी रहँदा सम्झौताविना हुने ब्रेक्जिटले ययो क्षेत्रको अर्को पुस्ताको कार्बन उत्सर्जनशून्य कार उत्पादन तथा विकासको योजनामा गम्भीर धक्का पुग्ने उसको भनाइ छ । सन् २०२५ सम्ममा विश्व व्यापार संगठनको करले बेलायती कार व्यवसायलाई ५५ अर्ब पाउन्ड स्टर्लिङको कार उत्पादन घटाउनेछ । यसबारे बेलायती सरकारले भने केही बताइसकेको छैन । सेप्टेम्बरमा सन् १९९५ यता बेलायती कार उत्पादन अहिलेसम्मकै सुस्त उत्पादन भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया