फेसबुक र एप्पलले किन एक अर्कालाई मन पराउँदैनन् ?
अमेरिका ।
कर्पोरेट क्षेत्रका दुई प्रतिस्पर्धी कम्पनीहरु कोका–कोला र पेप्सी, बोइङ र एयरबस, म्याकडोनाल्ड र बर्गर किंग सबैको एउटै कुरा मिल्ने भनेको एउटै व्यवसायमा प्रतिस्पर्धा हो । त्यही भएर फेसबुक र एप्पलको झगडा पनि पट्यारलाग्दो छ । दुवै प्रविधि कम्पनीहरु हुन् । यहीँ उनीहरुको समान गुण समाप्त हुन्छ । प्रायः फेसबुकको आम्दानी विज्ञापनबापत हुन्छ तर एप्पलको हकमा यसले सानो भाग मात्र ओगटेको छ । जुन डिभाइस र यसको एप स्टोरबाट आउँछ ।
यी दुई कम्पनीहरु वास्तविक रुपमा एक अर्काका प्रतिस्पर्धी पनि होइनन् तर उनीहरु एकअर्कालाई मन पराउँदैनन् । वर्षौँदेखि एप्पलका टिम कुकले फेसबुकमाथि उसले प्रयोगकर्तालाई उत्पादनको रुपमा व्यवहार गरेको बताउँदै आएका छन् । यो यस अर्थमा कि फेसबुकले विज्ञापनबापत पैसा कमाउन र उनीहरुको निजी गोप्य मामिलासँग खेलबाड गर्नका लागि भएको कुकको ठहर छ ।
तर मार्क जुकरबर्ग भने एप्पलका उत्पादनहरु महंगा र फेसबुकलाई आलोचनाका लागि अरु नै उद्देश्य रहेको बताउँछन् । गत वर्ष न्युयोर्क टाइम्सका अनुसार एप्पलले फेसबुकका डेभलपर टुल्ससँग सम्बन्धविच्छेद गरेको थियो । यसलाई पछिल्लो झगडाका रुपमा हेरिएको छ भने दुई कम्पनीबीचको सम्बन्ध थप बिग्रिएको रुपमा पनि हेरिएको छ ।
यो वर्षको सुरुतिर एप्पलले एप ट्र्याकिङ ट्रान्सपरेन्सी फिचर ल्याउने बतायो । यसको उद्देश्य मानिसहरुलाई आफ्नो डेटा (व्यक्तिगत मामिलाका कुरा)माथि थप नियन्त्रण कायम गर्ने थियो । यसले फेसबुकजस्ता एपहरुले प्रयोगकर्ताका उक्त डेटा (जानकारी)मा आफ्नो नियन्त्रण कायम गर्ने कार्यलाई रोक्थ्यो । जुन फेसबुकका लागि ठूलो समस्या थियो । किनकि फेसबुकले लक्षित वर्गमा विज्ञापन यही आधारमा गर्ने गर्थ्यो ।
फेसबुकले खुल्ला रुपमा यसले आफ्नो व्यवसायमा नोक्सानी पर्ने बताएको छ । एप्पलले प्रस्तावित उक्त फिचरलाई अर्को वर्षसम्मका लागि रद्द गरेको छ । जुन यसका विकासकर्तालाई समय दिनका लागि हो । एउटा पत्रमा गत हप्ता एप्पलले ढिलो गर्नुको कारण बताएको छ । एप्पलकी जेन होवार्थले जुकरबर्गलाई सिधै प्रतिवाद गर्दै भनिन्, ‘फेसबुकका कार्यकारीहरुले उनीहरुको चाहना स्पष्टै पारिसकेका छन् कि उनीहरु प्रयोगकर्ताको धेरैभन्दा धेरै डेटा संकलन गर्न चाहन्छन् ।’
‘यसले प्रयोगकर्ताको निजी मामिलालाई बेवास्ता गर्न अवसर विस्तार हुन्छ ।’ तर फेसबुकले यसको प्रतिवाद गर्दै भन्यो, ‘उनीहरुले बजारमाथि नियन्त्रण कायम गर्न यसलाई प्रयोग गरिरहेका छन्, आफ्नै हिसाबले डेटा संकलन गरिरहेका छन्, उनीहरुका प्रतिस्पर्धी कम्पनीले उही डेटा प्रयोग गर्न रोक्न चाहन्छन् ।’ ‘उनीहरु यसलाई निजी मामिला दाबी गर्छन् तर यो विशुद्ध नाफाको लागि हो ।’ यो एप्पलका लागि आलो घाउमा नुन छर्केजस्तै हो जसले फेसबुकभन्दा राम्रो व्यवसाय गरिरहेको छु भन्ने एप्पललाई घमण्ड छ ।
सन् २०१० तिर फर्किने हो भने एपपलका सहसंस्थापक स्टिभ जब्सले निजी मामिलाबारे फेसबुकलाई चेतावनी नै दिन्थे । र सन् २०१८ मा कुकले विज्ञापन बेच्नका लागि फेसबुककै डेटा पछ्याएको भए पनि हुने बताएका थिए । तर उनले भनेका थिए, ‘हामीले त्यसलाई पछ्याएनौँ ।’ सिलिकन भ्यालीका एक लगानीकर्ता तथा जुक्ड नामक किताब (फेसबुक र मार्क जुकरबर्गबारे आलोचनात्मक किताब) का लेखक रोजर म्यााकनेमीले आफू फेसबुकको फ्यान (अनुरागी) होइनन् । उनी भन्छन्, ‘आफ्ना प्रयोगकर्तालाई सशक्तीकरण गर्नु एप्पलको एउटा संस्कृति हो । तर आफ्ना प्रयोगकर्तालाई शोषण गर्नु फेसबुकको संस्कृति हो ।’
ऐतिहासिक रुपमा एप्पलसँग अरुको आलोचना गर्नुपर्ने धेरै कारणहरु छन् तर उसले त्यसो नगरेको उनी बताउँछन् । ‘मलाई के लाग्छ भने उनीहरुले फेसबुकको व्यवहारमा पाइने कुराहरु कति अपमानजनक छन् भन्नेप्रति त्यो एउटा सम्मान हो’, उनी भन्छन् । तर के फेसबुकसँग कुनै कारण छ त एप्पलले आफ्ना प्रतिस्पर्धीलाई निमिट्यान्न पार्न बजारमा प्रभुत्व जमाउन डेटा प्रयोग गरिरहेको छ त ? यद्यपि एप्पलको विज्ञापन व्यवसाय तुलनात्मक रुपमाा सानो छ, तर मोर्गान स्ट्यान्लेको अनुमान के छ भने यसको विज्ञापन राजस्व विस्तारै बढ्नेछ त्यो पनि आगामी केही वर्षमै । त्यही कारण उसले फेसबुकलाई रोक्न चाहन्छ ? त्यो बौद्धिक रुपमा आश्चर्यजनक कुरा हुनेछ ।
एप्पलले अमेरिकामा यस्तैखाले एउटा विज्ञापन गरेको छ जसले भन्छ, ‘केही कुराहरु सबैलाई बाँड्नुहुँदैन– एप्पलले तपाईंलाई यसमा मद्दत गर्छ ।’ त्यसकारण एप्पलले स्पष्ट रुपमा निजी मामिलाई प्रसिद्ध रहेको बताउँछ । तर राजनीतिक क्षेत्रमा एप्पलमाथि यसको पछाडि स्वार्थ रहेको आरोप लाग्ने गरेको छ । यससँग जोडिएका धेरै मुद्दामामिलाको एप्पलले सामना पनि गर्नुपरिरहेको छ । एप्पलमाथि तिर्नुपर्ने कर नतिरेको आरोप पनि लाग्ने गरेको छ जुन कम्पनीले सिधै नकार्छ ।
तर सत्य के हो भने दुवै कम्पनी एक अर्कासँग सम्बन्धित छन् । यदि फेसबुक एप नभएको भए एप्पललाई पनि यति धेरै फाइदा हुने थिएन । यदि आईफोनमा फेसबुक खुल्दैनथ्यो भने सोच्नुहोस् के हुन्थ्यो होला ? यसले पनि दुवै कम्पनी मिलेर स्वस्थ प्रतिस्पर्धामा आउनु आवश्यक छ । तर अहिलेसम्म त्यस्तो देखिएको भने छैन । बीबीसीबाट भावानुवाद
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया