अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु
घाज्नी ।
अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।
घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे ।
अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए । तर उनले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहेनन् । उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया