Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएयर इन्डियाले जनवरीदेखि चेन्नई–लन्डन सिधा उडान गर्ने

एयर इन्डियाले जनवरीदेखि चेन्नई–लन्डन सिधा उडान गर्ने


नयाँ दिल्ली ।
एयर इन्डियाले बेलायतमा सिधा उडान गर्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार कम्पनीले जनवरीदेखि चेन्नई–लन्डन सिधा उडान गर्ने योजना बनाएको हो ।
कम्पनीको उडानले तमिलनाडु राज्यको राजधानीलाई बेलायती राजधानीसँग हवाइ सञ्जाल जोडिने नवौँ सहर बनाउने बताइएको छ । एयर इन्डियाले दिल्लीबाट भने यसअघि नै सिधा उडान गर्दै आएको छ ।

यसबाहेक कोची, अहमदाबाद, बेंगलोर, गोवा र अमृतसारबाट पनि लन्डनमा सिधा उडान गर्दै आएको छ । कोरोना भाइरस संक्रमणपछि पनि अकुपेन्सी दर राम्रो रहेको कम्पनीले बताएको छ । दिल्ली, कोची, गोवा र अहमदावादलगायतमा यात्रु माग बढिरहेको कम्पनीका प्रवक्ताले बताए । सोही कारण चेन्नई–लन्डन उडानको योजना बनाएको कम्पनीको भनाइ छ । उक्त उडान आगामी वर्ष जनवरीदेखि हुनेछ । यद्यपि भारतमा मार्च २३ देखि महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडान खुलेको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया