प्यालेस्टिनी अस्पताललाई युरोपेली संघले एक करोड डलर सहयोग दिने
ब्रसेल्स ।
युरोपेली संघ (ईयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।’
पूर्वी जेरूसलमका प्यालेस्टिनी अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौं प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ठ स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोग राशिको घोषणा गरिएको हो । ईयूका अधिकारी बर्जस्क्रफले भने, ‘कोभिड–१९ संक्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।’ रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया