पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण
इस्लामाबाद ।
पाकिस्तानका कोरोना भाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको आरोप छ । विपक्षी दलहरुकै कारण कोरोनाविरुद्धको लडाई प्रभावकारी हुन नसकेको, उनीहरुले नै अवरोध गरेको आरोप प्रधानमन्त्री खानले लगाएका छन् । विपक्षी दलहरूले विभिन्न ठाउँमा जुलुस निकाल्न स्वीकृति नदिएका प्रधानमन्त्री खानले उनीहरुप्रति अहिले असन्तुष्टि पोखेका हुन् ।
कोरोनाभाइरसको महामारी फैलिएका बेला जुलुस निकालेको भन्दै सरकारले बल प्रयोग गरेपछि प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीचमा झडपसमेत भएको थियो । सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले देशमा अहिले फेरि महामारी फैलिएका बेला उच्च सतर्कता अपनाउने र कोरोनाविरुद्ध लड्ने बेला भएपनि त्यसका विरुद्ध गतिविधि भइरहेको उल्लेख गरेका छन् । पाकिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना लागेपछि मृत्यु भएकाहरुको संख्या आठ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी पाकिस्तानमा अहिलेसम्म तीन लाख ९८ हजार २४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
कोरोनाभाइरसको महामारीका बेलामा कुनै पनि सहरमा राजनीतिक दलहरुलाई सरकार विरोधी जुलुस निकाल्न दिन नसकिने पनि प्रधानमन्त्री खानले स्पष्ट पारेका छन् । प्रधानमन्त्री खानले कोरोनाभाइरसको महामारी डरलाग्दो तरिकाले फैलिँदै गएकोले विपक्षी दलहरुले आफ्ना भिडभाड हुने गतिविधिहरु तत्काल रोक्नुपर्ने अडान राखेका छन् । पाकिस्तानका ११ पार्टीहरुको गठबन्धनको रुपमा रहेको पाकिस्तान लोकतान्त्रीक आन्दोलन (पिडीएम)ले गरेको प्रदर्शनको विपक्षमा प्रधानमन्त्री खान कठोर रुपमा उभिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया