२७ अर्ब डलरमा बिक्री भयो स्ल्याक
लन्डन ।
सेल्सफोर्सले कार्यक्षेत्रमा प्रयोग हुने मेसेजिङ एप स्ल्याक किन्ने भएको छ । उसले २७ अर्ब ७० करोड अमेरिकी डलरमा स्ल्याक किन्न लागेको बीबीसीले जनाएको छ । स्ल्याक अमेरिकी सफ्टवेयर कम्पनी स्ल्याक टेक्नोलोजिजले विकास गरेको एप हो । यो खरिदबिक्रीलाई प्रविधि क्षेत्रकै पछिल्लो समयको ठूलो बिक्रीका रुपमा हेरिएको छ । सेल्सफोर्सका प्रमुख मार्क बेनियोफले यो सम्झौतालाई ‘स्वर्गमा बनेको जोडी’ भनेका छन् । उनी आफ्नो कम्पनीको सफ्टवेयरलाई विस्तार गर्न र माइक्रोसफ्टजस्ता कम्पनीबाट संरक्षित होस् भन्ने चाहन्छन् ।
सेल्सफोर्सको स्ल्याक प्राप्ति विश्वमा महामारी जारी रहँदा भएको हो । यो समयमा मानिसहरुको ध्यान स्ल्याकजस्ता प्रविधिमा जानथालेको छ । स्ल्याक सन् २००९ मा स्थापनाा भएको थियो । यसले इमेलको विकल्प दिन्छ । सन् २०१९ मा सेयरबजारमा सूचीकृत हुँदा यसको २० अर्ब डलरको मूल्यांकन भएको थियो । तर यसको सेयर पछि घटेको थियो । गत मार्चसम्मको तथ्यांकअनुसार यस कम्पनीका १ करोड २५ लाख प्रयोगकर्ता छन् । यसले माइक्रोसफ्ट टिम्ससँग प्रतिस्पर्धा गर्न प्रयत्न गरिरहेको थियो । माइक्रोसफ्टको टिम्स भने सन् २०१६ मा सार्वजनिक भएको थियो । जसका अहिले १० करोड बढी प्रयोगकर्ता छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया