बिटक्वाइनको मूल्य हालसम्मकै उच्च विन्दुमा
लन्डन ।
बिटक्वाइनको मूल्य आकाशिएको छ । भर्चुअल (डिजिटल) मुद्रा बिटक्वाइनको मूल्यांकन हालसम्मकै उच्च भएको हो । बीबीसीका अनुसार यसको १९ हजार ९ सय २० डलरमा ऐतिहासिक कारोबार भएको यससम्बन्धी डेटा प्रदायक क्वाइनडेस्कले जनाएको छ । अघिल्लो कीर्तिमान बिटक्वाइनले झण्डै तीन वर्षपछि भंग गरेको हो । यसअघि १३७ अमेरिकी डलर कममा थियो । यो वर्षको सुरुबाटै बिटक्वाइन १७० प्रतिशतभन्दा बढीले उच्च मूल्यांकन भएको छ । विश्लेषकहरुले केही लगानीकर्ताले यसलाई ‘सेफ हेभन असेट’ (सुरक्षित सम्पत्ति) मानेको हुनसक्ने बताएका छन् ।
कोरोना महामारीका बेला लगानीकर्तामा अनिश्चितता छाएकोले यसो गरे पनि विश्लेषकहरुले यसको उतारचढाव हुने भन्दै चेतावनी दिएका छन् । यसअघि कीर्तिमान कायम गरेपछि बिटक्वाइन ३ हजार ३ सय अमेरिकी डलरमा झरेको थियो । तर यसपटकको कीर्तिमानी मूल्यांकनलाई धेरै कारणसँग जोडेर हेरिएको छ । गत अक्टोबरमा पेपालले आफ्ना प्लेटफर्मलाई सामान किनबेच गर्दा भर्चुअल मुद्रा प्रयोग गर्न दिने बताएको थियो । सोही कारण ठूलो संख्याका क्रेता बिक्रेताले क्रिप्टोकरेन्सीमा चाहना देखाएका थिए । त्यस्तै वालस्ट्रिट फर्म गुगेनहाइम पार्टनरले पनि गत शुक्रबार बिटक्वाइन सम्बन्धित लगानी ट्रस्टमा ५३ करोड डलर राख्ने घोषणा गरेको थियो ।
सन् २०१७ मा कीर्तिमानी मूल्यांकन भएयता समय बदलिएको र क्रिप्टोकरेन्सीको माग हुनथालेकोले पनि यसको मूल्य बढेको बताइन्छ । कोरोना महामारीमा देशका केन्द्रीय बैंकहरुले संकटको सामना गर्दा महंगी बढ्ने डर लगानीकर्तामा पलाएको रुपमा पनि यसलाई हेरिएको छ । यस्ता जोखिमविरुद्ध लड्न परम्परागत रुपमा सुन र अन्य महंगा धातुमा लगानी गर्ने गरिएको थियो ।
तर सैद्धान्तिक रुपमा सीमित परिमाणमा मात्रै बिटक्वाइन सिर्जना गर्न सकिन्छ । यो २ करोड १० लाख बिटक्वाइन बनाउने डिजाइन गरिएको थियो । जसमध्ये १ करोड ८६ लाख बिटक्वाइन अस्तित्वमा रहेको बताइएको छ । यदि यो अझै आकाशिने हो भने यसको मूल्यांकन घट्नसक्ने पनि बताइन्छ । विश्लेषकहरुले सर्वसाधारणलाई बिटक्वाइनबारे सजग हुन आग्रह गरेका छन् ।
के हो बिटक्वाइन ? यसले कसरी काम गर्छ ? बिटक्वाइन एउटा डिजिटल मुद्रा हो । बदलिँदो समयमा सिर्जना गरिएको यो बिल्कुलै नयाँखाले मुद्रा हो । भौतिक रुपमा नोट वा सिक्काजस्तो यसको अस्तित्व हुँदैन । सोही कारण यसलाई भर्चुअल टोकनको युनिटका रुपमा बुझ्नुपर्छ । जे भए पनि अरु मुद्राजस्तै यसको मूल्य पनि मानिसहरुले वस्तुका लागि कति यसको विनिमय गर्न चाहन्छन् भन्ने तथ्यले निर्भर गर्छ ।
बिटक्वाइन कारोबार गर्नको लागि यसको प्रक्रिया छ । यसलाई ‘माइनिङ’ भनिन्छ । माइनिङमा कम्प्युटरले समाधान गर्ने कठिन गणितीय समस्यासँगै ६४ अंकको समाधान समावेश हुन्छ । हरेक समस्या समाधान हुँदा बिटक्वाइनको एउटा ब्लकको प्रक्रिया पूरा हुन्छ । यसो हुँदा माइनर (माइनिङ गर्ने व्यक्ति)लाई नयाँ बिटक्वाइनले पुरस्कृत गरिन्छ । यसले समस्या समाधान गर्न मानिसहरुलाई ‘कम्प्युटर प्रोसेसिङ पावर’का लागि प्रोत्साहन गर्छ ।
कम्प्युटर चिप्सको उदाउँदो शक्तिलाई क्षतिपूर्ति दिन समस्याको कठिनाइ समायोजन गरिएको हुन्छ जसले हरेक दिन उत्पादन हुने नयाँ बिटक्वाइनको प्रवाह निश्चित गर्छ । बिटक्वाइन पाउन प्रयोगकर्तासँग बिटक्वाइनको ठेगाना (एड्रेस) अर्थात् २७ देखि ३४ अक्षर र संख्या हुनुपर्छ । यसले भर्चुअल हुलाकीको काम गर्छ जसबाट बिटक्वाइनहरु पठाइन्छ । यदि यस्ता एड्रेसको दर्ता छैन भने यसको कारोबार गर्दा मानिसहरुले आफ्नो पहिचानको लुकाउन सक्छन् । यी एड्रेसहरु भने बिटक्वाइन वालेटहरुमा भण्डारण गरिएको हुन्छ । जुन बचत व्यवस्थापनका लागि प्रयोग गरिन्छ । यी वालेट भने निजी बैंक एकाउन्टजसरी सञ्चालन हुन्छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया