दिल्लीको जाडोले तोड्यो १ सय १९ वर्षको कीर्तिमान
नयाँ दिल्ली, पुस १६
दिल्लीमा बढेको चिसोले सय वर्षभन्दा बढीको कीर्तिमान तोडेको छ । भारतीय मिडियाहरुका अनुसार सोमबार सन् १९०१ पछिकै चिसो दिन रहेको हो । भारतीय मौसम विभागले सोमबार साँझ साढे ५ बजे दिल्लीको अधिकतम तापक्रम ९.४ डिग्री सेल्सियस रेकर्ड भएको जनाएको छ । यसअघि सन् १९०१ को डिसेम्बरमा ११.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । सोमबार डिसेम्बर महिनाकै चिसो दिन समेत रहनपुगेको बताइएको छ ।
लगातारको चिसोले अस्पतालमा बिरामीको संख्या समेत बढेको छ । अस्पतालमा श्वासप्रश्वासका बिरामीको संख्या बढेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार पहाडी क्षेत्रमा भन्दा बढी दिल्लीमा चिसो महसुस गरिएको छ । गत शनिबार पनि चिसोले धेरै वर्षअघिको रेकर्ड तोडेको थियो ।
चिसो बढेसँगै दिल्लीको मौसम विभागले रेड अलर्ट नै जारी गरेको थियो । यसैबीच, दिल्लीमा ३१ डिसेम्बरपछि वर्षात् हुनसक्ने बताइएको छ । पानी परेमा चिसो झन् बढ्नेछ । मौसम चिसिएसँगै दिल्लीमा रेल र हवाइसेवा समेत प्रभावित भएको बताइएको छ । सोमबारमात्रै ५ सय ३० वटा उडान ढिलो गरी भएको थियो भने २० वटा उडानको मार्ग परिवर्तन गर्नुपरेको थियो । अत्यधिक चिसोकै कारण दुई दर्जन बढी रेल ढिलो गरी चलेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
- देउती बज्यै सुर्खेतका महिला पुजारी मृत फेला
- कोप–२९ः नेपालको सन्दर्भ
- औद्योगिक विकासका लागि ठूला उद्योग
- प्रधानमन्त्रीको नाकैमुनि आठ करोडको भ्रष्टाचार
- स्विट सुपारी उत्पादन गर्ने उद्योगी बोहोराको कारोबार शंकास्पद
- कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्क घटाउन जलनपीडितको माग
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया