पाकिस्तानमा सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो
इस्लामावाद ।
पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् । बिहीबार मात्र यहाँका अधिकारीहरुले दिएको जानकारीमा यहाँका कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६ सय ५४ जना पुगेको छ । अधिकारीहरुले यहाँ कोरोना भाइरसको दोस्रो वेभ आएको पनि बताएका छन् । जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रास बढ्दै गएको पाइएको छ ।
यहाँको राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घण्टामा मात्र पाकिस्तानमा तीन हजार ४ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु बढ्न थालेका र यहाँ कोरोना भाइरसको सेकेन्ड वेभ आएको बताएका छन् । यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या ४ लाख छ हजार ६ सय १६ पुगेको यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया