Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबर्खास्तीमा परेका निशानका पूर्वप्रमुख लेबनान पुगे

बर्खास्तीमा परेका निशानका पूर्वप्रमुख लेबनान पुगे


बेरुत/टोकियो, पुस १६
बर्खास्तीमा परेका सवारीसाधन निर्माता निशानका पूर्वप्रमुख कार्लोस गोसन लेबनान पुगेका छन् । जापानको न्यायप्रणालीको आलोचना गर्दै गोसन मंगलबार लेबनान पुगेका हुन् । यद्यपि उनले आफू न्यायिक प्रणालीबाट नभागेको बताएका छन् । उनी केही समयअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

उनीसँग फ्रेन्च, ब्राजिलियन र लेबनिज नागरिकता रहेको छ । यद्यपि उनी कसरी जापानबाट उम्किए भन्ने खुलेको छैन । लेबनानले गोसन कानुनी रुपमै प्रवेश गरेको बताएको छ । उनी टर्कीको इस्तानबुलबाट निजी विमानमा लेबनान पुगेको बताइएको छ । जापानले अमेरिका र दक्षिण कोरियासँग मात्रै सुपुर्दगी सन्धि गरेको कारण उनी लेबनानमै रहने निश्चितप्रायः छ । उनी सन् २०१८ को नोभेम्बरमा पहिलोपटक टोक्योमा पक्राउ परेका थिए ।

उनीविरुद्ध जापानमा चार अभियोगमा मुद्दा चलिरहेको छ । यद्यपि उनले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई कम्पनीले आन्तरिक अनुसन्धानमा दोषी देखिएको भन्दै बर्खास्त गरेको थियो । उनले प्रमुख कार्यकारी हुँदा रकम हिनामिना गरेको आरोप छ । गोसन मार्चमा ९० लाख अमेरिकी डलर धरौटी राखेर रिहा भएका थिए । तर फेरि उनी पक्राउ परेका थिए । पछि फेरि अप्रिलको अन्त्यतिर उनलाई रिहा गरिएको थियो । उनलाई जापान छोड्ने अनुमति पनि थिएन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x