अर्जेन्टिनाले धनीलाई कर बढाएर कोभिड १९ रोकथाम सामग्रीको खर्चपूर्ति गर्ने
ब्युनर्स आयर्स ।
दक्षिण अमेरिकी देश अर्जेन्टिनाले कोरोना महामारीका बेला आवश्यक स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिको खर्चपूर्ति धनाढ्यमाथि कर बढाएर गर्ने भएको छ । उसले यससम्बन्धी नयाँ कर कानुन ल्याएको हो । महामारीले स्थिति डरलाग्दो हुँदै गर्दा मेडिकल र राहततर्फको खर्च जोगाड गर्न उक्त कानुन पारित गरिएको बीबीसीले जनाएको छ । अर्जेन्टिनी सिनेटर (सांसद)हरुले यस्तो कानुन गत हप्ता पारित गरेका हुन् । यसको पक्षामा ४२ र विपक्षमा २६ मत परेको थियो । कानुन पारित भएसँगै २५ लाख अमेरिकी डलरभन्दा धेरै सम्पत्ति भएका झण्डै १२ हजार धनाढ्यले दोब्बर कर तिर्नुपर्नेछ ।
अर्जेन्टिनामा १५ लाख बढी मानिसमा कोरोना संक्रमण भइसकेको छ भने ४० हजार बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । गत अक्टोबरमा अर्जेन्टिना महामारीको ठूलो चपेटामा पर्ने पाँचौँ देश बनेको थियो । यो देशको जनसंख्या केवल साढे ४ करोड रहेको छ । महामारी रोक्न लागू गरिएका लकडाउनलगायतले अर्थतन्त्रमा पनि उस्तै नकारात्मक प्रभाव परेको छ । नयाँ कानुनअनुसार कुल करदातामध्ये शून्य दशमलव आठ प्रतिशतलाई असर गर्नेछ । उनीहरुले ३.५ प्रतिशतसम्म र देशबाहिर रहेकाले ५.२५ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।
एएफपीका अनुसार उठाइएको रकममध्ये २० प्रतिशत मेडिकल सामग्री आपूर्तिमा र २० प्रतिशत लघु तथा मध्यम व्यवसायमा राहतस्वरुप खर्च हुनेछ । त्यस्तै २० प्रतिशत विद्यार्थीको छात्रवृत्ति, १५ प्रतिशत सामाजिक विकास र बाँकी २५ प्रतिशत प्राकृति ग्यासमा खर्च हुनेछ । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले सरकारले तीन खर्ब पेसोस (अर्जेन्टिनी मुद्रा) उठाउने अनुमान गरेको बताए । तर विपक्षी समूहले भने यसले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया