Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमास्टरकार्डले अश्लील साइट पोर्नहबसँगको व्यवसाय पुनर्विचार गर्ने

मास्टरकार्डले अश्लील साइट पोर्नहबसँगको व्यवसाय पुनर्विचार गर्ने


लन्डन ।
भुक्तानीसम्बन्धी कम्पनी मास्टरकार्डले अश्लील साइट पोर्नहबसँगको व्यवसाय पुनर्विचार गर्ने भएको छ । कम्पनीविरुद्ध अमेरिकी पत्रिका द न्युयोर्क टाइम्समा विभिन्न आरोप लगाउने सामग्री प्रकाशित भएपछि कम्पनीले यसबारे पुनर्विचार गर्ने बताएको बीबीसीले जनाएको छ ।

पोर्नहबको मातृकम्पनी माइन्डगिकले भने पुलित्जर पुरस्कार जितेका पत्रकार निकोलस क्रिस्तोफको बालयौन, रिभेन्ज पोर्न र बलात्कारजन्य सामग्री राखेको भनी लगाइएको आरोप तथा दाबीको खण्डन गरेको छ । मास्टरकार्डले यससम्बन्धी आरोपको अनुसन्धान गरिरहेको छ भने अर्को प्रतिस्पर्धी कम्पनी भिसाले पनि यसबारे अध्ययन गरिरहेको जनाएको छ । माइन्डगिकले भने दाबीहरु अनुत्तरदायी र झूठो भएको बताएको छ ।

क्रिस्तोफले इन्टरनेट सर्च इन्जिन, बैंक तथा क्रेडिटकार्ड कम्पनीहरुले नै पोर्नहबको घृणित कामलाई दुरुत्साहन गरिरहेको आरोप लगाएका थिए । पोर्नहबमा विना शुल्क अश्लील भिडियो हेर्ने सुविधा भए पनि प्रयोगकर्ताले उच्च क्वालिटीका भिडियोहरु हेर्न महिनाको ९.९९ पाउन्ड स्टर्लिङ तिर्न सक्ने सुविधा पनि छ । यसमा विज्ञापनरहित र ताजा भिडियोहरु हेर्न पैसा तिर्न सकिने सुविधा छ । यसका भिडियो विषयवस्तु सार्वजनिक रुपमा हेर्न सकिन्छ । तर कम्पनीले भने भिडियो अपलोड भएपछि त्यसको अनुगमन हुने गरेको बताएको छ ।

पोर्नहबका अनुसार सन् २०१९ मा यो साइट घुम्नेको संख्या ४२ अर्ब रहेको थियो भने उक्त वर्ष ६८ लाख ३० हजारवटा भिडियो अपलोड भएका थिए । यद्यपि कम्पनीले अपलोड गरिएका भिडियोहरु हेर्न कति मोडरेटर (अनुगमनकर्ता) राखिएका छन् भन्ने खुलाएको छैन । क्रिस्तोफले कम उमेरका भिडियोहरु उक्त साइटमा छ्यासछ्यास्ती राखिएको आरोप लगाएका थिए । तर पोर्नहबले भने बालयौन दुराचारलाई कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गरेको छ । यसका लागि गुगल, युट्युब र माइक्रोसफ्टको सहयोग लिइएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया