भारतमा आन्दोलनरत किसानहरुद्वारा बन्दको घोषणा
नयाँ दिल्ली ।
भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिख अर्थात् आज देशभर बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले केही दिनअघि नै पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिएका थिए । आफ्ना मागहरु पूरा गर्नका लागि गत शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएको भन्दै देशभर बन्द घोषणा गरिएको हो ।
किसानहरुले आज बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म ‘चक्का जाम’ घोषणा गरेका हुन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै राज्यहरुले सुरक्षामा कडाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कृषिसम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरुमा अवरोध गरिने किसान नेता हर्भिन्डर सिंह लख्वाले बताए । सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको छ ।
केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेलादेखि नै असन्तुष्टि जनाउँदै आए पनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ । आन्दोलन चर्किँदै गएपछि सरकारले किसानहरुसँग पटक–पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणाममुखी हुनसकेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया