चीनले ट्रिपएडभाइजरसहित १०५ एपमा प्रतिबन्ध लगायो
बेइजिड. ।
चीनले आफ्नो एप स्टोरबाट १०५ वटा एप हटाएको छ । यौनिक, वेश्यावृत्ति, लुटपाट र हिंसाजन्य विषयवस्तुबाट छुट्कारा पाउन भन्दै बेइजिङले ती एपमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । प्रतिबन्धित एपहरुमध्ये अधिकांश चिनियाँ रहे पनि यो सूचीमा यात्रासम्बन्धी जानकारी दिने ट्रिपएडभाइजर पनि परेको छ ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाका अनुसार ती सबै एपले तीन साइबर कानुनमध्ये एउटा कानुन उल्लंघन गरेका छन् । यद्यपि उसले विस्तृतमा यसबारे खुलाएको छैन । टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको निर्णयविरुद्ध दोस्रो अमेरिकी अदालतले फैसला गरेको बेला चीनको यस्तो निर्णय बाहिरिएको हो ।
अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोलसले राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो अधिकार मिचेर चिनियाँ भिडियो सेयरिङ एपमाथि प्रतिबन्ध लगाएको ठहर गरेका थिए । टिकटकको पक्षमा फैसला गर्ने कार्ल दोस्रो न्यायाधीश हुन् । चीनले प्रतिबन्ध गरेका अधिकांश एप घरेलु भए पनि ट्रिपएडभाइजरलाई यो सूचीमा राखिनुलाई चासोसाथ हेरिएको छ । बितेका महिनामा चीन र अमेरिकाबीच साइबर स्पेसलाई लिएर तनाव हुँदै आएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया