एड ट्र्याकिङ कुकिजका कारण गुगललाई फ्रान्समा ९ करोड पाउन्ड जरिवाना
लन्डन ।
नियम उल्लङ्घन गरेपछि फ्रान्समा गुगललाई १० करोड युरो जरिवाना गराइएको छ । गुगलले एड ट्र्याकिङ कुकिज प्रयोग गरेको भन्दै उक्त जरिवाना तिराइन लागेको हो । फ्रान्सको डेटा प्राइभेसी वाचडग सीएनआईएलले गरेको यो अहिलेसम्मकै ठूलो जरिवाना हो ।
यस्तै नियम उल्लंघन गर्दा अमेरिकी अनलाइन बिक्रेता अमेजनलाई साढे ३ करोड युरो जरिवाना तिराइएको थियो । सीएलआईएलले गुगल र अमेजनले कुकिज उपभोक्ताको कम्प्युटरमा सेभ नभएसम्म यी दुई कम्पनीको फ्रान्सेली वेबसाइट भिजिट नगरेको बताएको छ । अनलाइन ट्र्याकर कसरी प्रयोग भइरहेको छ भन्ने यी दुवै कम्पनीले राम्ररी खुलाउन नसकेपछि उक्त जरिवाना तिराइएको बताइएको छ ।
सीएनआईएलले कम्पनीहरुलाई आफ्नो वेबसाइटमा राखिएको सूचनासम्बन्धी ब्यानर डिस्प्ले परिवर्तन गर्न तीन महिनाको समय दिएको छ । यदि यो आदेश कम्पनीहरुले नमानेमा प्रतिदिनकै १ लाख युरो जरिवाना तिराउने बताएको छ । तर कम्पनीहरुले भने आफूहरुले गलत नगरेको भन्दै बचाउ गरेका छन् । अमेजनले सीएनआईएलले लिएको निर्णय गलत भएको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया