पाकिस्तान सरकारविरुद्ध लाहोरमा ठूलो प्रदर्शनको तयारी
इस्लामाावाद ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठ्यारो पार्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुस नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबारमात्र यहाँका विपक्षी दलहरुलाई सो आग्रह गरेका थिए ।
पाकिस्तानका प्रमुख विपक्षी दल पीपीपीका अध्यक्ष विलावल भुट्टोले यो विरोध प्रदर्शनले सरकारलाई आफू कमजोर भएको सन्देश दिने बताएका हुन् । उनले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भनेका थिए– यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का मिल्ने छ ।
तर पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएको छ । त्यसैले देशमा ठूलो संख्यामा जुलुस निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुस ननिकाल्न प्रधानमन्त्री खानले भनेका थिए । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपभक्षी दलहरुले भोलि आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् । यसअघि देखि नै सरकारले सो नारा जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शन रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको थियो । तर विपक्षी दलहरुले भने कराँची, पेशावरलगायतका विभिन्न स्थानमा विशाल रुपमा विरोधका कार्यक्रम गरेका छन् ।
एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले भने आन्दोलन जारी राखेका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।
तर यो महामारीका बीचमा पनि विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनका कारण विभिन्न स्थानमा झडपहरु पनि भएका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएका बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया