किसानविरोधी नयाँ कानुनको भारतीय प्रधानमन्त्रीद्वारा बचाउ
नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानुन किसानको हितमा भएको शनिबार बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवद्ध रहेको बताउँदै नयाँ कानुन यसका लागि सहायक हुने बताए । ‘शीत भण्डारण संरचनालाई आधुनिकीकरण गरिनेछ । यसले कृषि क्षेत्रमा थप लगानी भित्राउने छ र यसबाट किसानहरू सबैभन्दा बढी लाभान्वित हुनेछन्’, प्रधानमन्त्री मोदीले भारतको ‘फेडेरेसन अफ च्याम्वर्स अफ कमर्स एण्ड इन्डष्ट्रिज (एफआईसीसीआई)’को एक कार्यक्रममा भने ।
प्रधानमन्त्री मोदीको यो भनाइ भारतीय किसान संगठनहरूले सरकारले जारी गरेको कानुन किसानविरोधी भएको भन्दै राजधानी दिल्लीलाई देशका अन्य राज्यका प्रमुख शहरलाई जोड्ने राजमार्गमा प्रदर्शन गरी यातायात सेवालाई अवरूद्ध गरिरहेका समय आएको हो । प्रधानमन्त्री मोदीले आन्दोलनलाई संकेत गर्दै भने, ‘हामीले कृषि र यससँग जोडिएका कृषि संरचना, खाद्यान्न प्रशोधन, भण्डारण र शीत भण्डारणजस्ता विषयमा पर्खाल खडा गर्ने षड्यन्त्र भइरहेको महशुस गरेका छौं । वास्तबमा नयाँ कानुनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने सरकारको प्रयास रहेको र यसले कृषि बजारलाई प्रविधिसँग जोडेर सुधारका लागि सहयोगी भूमिका खेल्नेछ ।’
किसानहरूको दिल्लीलाई प्रभावित पार्ने गरी राजमार्गमा भएको प्रदर्शन शनिबार १७ औँ दिनमा प्रवेश गरेको हो । हालै संसदबाट अनुमोदन गरेका किसानको उत्पादन वाणिज्य तथा व्यापार प्रोत्साहन र प्रवर्द्धन ऐन २०२०, किसानलाई सशक्तिकरण र संरक्षण सम्झौताका लागि मूल्य बीमा र कृषि सेवा ऐन २०२० र अतिआवश्यकीय वस्तुहरूको संशोधित ऐन २०२० ले बिसानको पक्षमा भन्दा उद्योगी व्यवसायीलाई खुसी पार्न खोजिएको आरोप आन्दोलनरत किसान समूहहरूले लगाएका छन् । किसानहरूको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस र राजधानीमा पकड राखेको आम आदमी पार्टी लगायतका दलको समर्थन रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया