पहिलोपटक ७ प्रतिशतले घट्यो विश्वको कार्बन उत्सर्जन
लन्डन ।
सन् २०२० मा विश्वमा कार्बन उत्सर्जनदरमा कीर्तिमानी गिरावट आएको छ । अध्येताहरुका अनुसार यो वर्षमात्रै ७ प्रतिशतले कार्बन उत्सर्जन घटेको हो । यो दोस्रो विश्वयुद्धयताकै धेरै वार्षिक गिरावट हो । खासगरी कोरोना महामारीविरुद्ध विश्वका सरकारहरुले गरेका लकडाउनका कारण यस्तो सफलता हात परेको बताइएको छ ।
फ्रान्स र बेलायतमा यस्तो गिरावट दर उच्च छ । ती दुवै देशले कोभिड संक्रमण रोक्न कडा र लामो लकडाउन गरेका थिए । तर चीनमा भने महामारीको प्रभाव क्रमशः घट्दै जाँदा यो वर्ष उत्सर्जन फेरि उच्च दरमा बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यो वर्षको कार्बन गिरावट दरले यसअघिका सबै गिरावट दरको कीर्तिमान भंग गरेको बीबीसीले जनाएको छ । ग्लोबल कार्बन प्रोजेक्ट टोलीका अनुसार यो वर्ष मात्रै २ अर्ब ४० करोड टन कार्बन उत्सर्जन घटेको छ । सन् २००९ मा विश्व आर्थिक मन्दीका बेला ५० करोड टनमात्रै घटेको थियो भने दोस्रो विश्वयुद्धका बेला १ अर्ब टन घटेको थियो ।
युरोप र अमेरिकामा १२ प्रतिशतका दरले घटे पनि कुनै कुनै देशमा भने त्योभन्दा धेरैले कार्बन उत्सर्जन घटेको छ । फ्रान्सको कार्बन उत्सर्जन दर १५ प्रतिशतले र बेलायतको १३ प्रतिशतले घटेको बताइएको छ । लकडाउन र प्रतिबन्धका कारण विश्वको हवाइ क्षेत्र यो वर्षको अन्तिमसम्म पनि प्रभावित भएका छन् । यो क्षेत्रको उत्सर्जन दर ४० प्रतिशतभन्दा तल रहने बताइएको छ । अनुसन्धान टोलीले चीनमा यो वर्ष १.७ प्रतिशतले मात्रै कार्बन उत्सर्जन घट्ने अनुमान गरेको छ । तर कतिपय विश्लेषकले भने चीनमा आर्थिक क्रियाकलाप फर्किसकेको भन्दै उत्सर्जन दर बढिरहेको आशंका व्यक्त गरेका छन् ।
सन् २०१० को सुरुतिर विश्व कार्बन उत्सर्जन दर ३ प्रतिशतबाट घटेर ०.९ प्रतिशत हाराहारीमा झरेको थियो । खासगरी कोइलालाई मुख्य ऊर्जा स्रोत मान्ने प्रचलनको विकल्प खोजिनथालेपछि यस्तो गिरावट देखिएको थियो । यो वर्ष कीर्तिमानी दरमा घटे पनि सन् २०२१ मा पुनः कार्बन उत्सर्जन बढ्ने चिन्ता अनुसन्धाताहरुले गरेका छन् । वैज्ञानिकहरुले यो वर्षको कार्बन उत्सर्जनमा आएको कमीलाई स्वागत भने गरेका छन् । बीबीसीबाट
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया