लाहोरको प्रदर्शन रोक्न सरकारद्वारा लकडाउन घोषणा
इस्लामावाद ।
पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउनको व्यवस्था गरेको हो । आज लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा यहाँका विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले यस विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए ।
उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुस ननिकाल्न अनुरोध गरेका थिए । विपक्षीहरुले भने सो विरोध प्रदर्शन नरोक्ने बताएका थिए । यहाँका विभिन्न ११ वटा विपक्षीहरुले आन्दोलनलाई जारी राख्ने बताएका छन् । राजनीतिक दलहरुले जुलुस नरोक्ने बताएपछि प्रधानमन्त्री खानको आदेशमा यहाँको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा सार्वजनिक स्थानमा मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन गर्ने घोषणा गरेको हो ।
सो विरोध प्रदर्शनको नेतृत्व पाकिस्तानका प्रमुख विपक्षी दल पीपीपीका अध्यक्ष विलावल भुट्टोले गरेका छन् । उनले यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का दिइने दाबी गर्दै आएका छन् । सरकारले भने पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएकाले यसले झन् संक्रमण बढ्ने भन्दै देशमा ठूलो संख्यामा जुलुस ननिकाल्न बताउदै आएका हुन् । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपक्षी दलहरुले आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी विगत देखि नै गर्दै आएका हुन् ।
पकिस्तानमा कोभिडको दोस्रो लहर आएको बताइएको छ । यसरी एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले आन्दोलन जारी राखेकाले सरकार समस्यामा परेको बताइएको छ । पाकिस्तानका अस्पतालहरुमा बेडहरु पाउन समस्या हुन थालेको छ भने दिनप्रतिदिन संक्रमितहरु बढ्दै गएको बताइएको छ । सरकारले यस्तो महामारीको समयमा विपक्षी दलहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नु जायज नभएको सरकारको भनाई छ । आज लाहोरमा हुने यस आन्दोलनमा पनि सरकारले लकडाउन गरेपछि झडपहरु पनि हुन सक्ने बताइएको छ । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया