Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहुन्डाईको नयाँ आई२०ले भारतमा पायो ४० दिनमै ३० हजार बुकिङ

हुन्डाईको नयाँ आई२०ले भारतमा पायो ४० दिनमै ३० हजार बुकिङ


नयाँ दिल्ली ।
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँँ प्रिमियम ह्याचब्यााक आई२० को अत्यधिक माग पाएको छ । कम्पनीले ४० दिनमै ३० हजार बुकिङ पाएको सोमबार जनाएको हो । हुन्डाई भारतकै दोस्रो ठूलो सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो । उसले १० हजार युनिट त बिक्री नै गरिसकेको छ । हुन्डाई मोटर इन्डियाका निर्देशक तरुण गर्गले आई२० को लागि ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको बताए । हुन्डाईले नोभेम्बर पहिलो हप्ता नयाँ आई२० बजारमा ल्याएको थियो । यसको मूल्य भारतमा ६ लाखदेखि ११ लाख १७ हजार भारुसम्म पर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया