Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेजोसकी पूर्वपत्नीले चार महिनामै दान गरिन् ४ अर्ब डलर

बेजोसकी पूर्वपत्नीले चार महिनामै दान गरिन् ४ अर्ब डलर


अमेरिका ।
म्याकेन्जी स्कटले चार महिनामै ४ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति दानमा खर्च गरेकी छिन् । उनी संसारकै सबैभन्दा धनी अमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी हुन् । फुड बैंक र आकस्मिक राहत कोषहरुमा उक्त रकम दान गरेको एजेन्सीहरुले जनाएका छन् । यसबारे एउटा ब्लगपोष्टमा म्याकेन्जीले महामारीले आहत भएका अमेरिकी नागरिकलाई सहयोग गर्न चाहेको उनले उल्लेख गरेकी छिन् ।

म्याकेन्जी विश्वकै १८औँ ठूलो धनीमा पर्छिन् । यो वर्ष उनको सम्पत्ति २३ अर्ब अमेरिकी डलर बढेर ६० अर्ब अमेरिकी डलर पुगेको छ । उनको अधिकांश सम्पत्ति बेजोससँगको सम्बन्धविच्छेदका क्रममा प्राप्त भएको हो । ‘यो महामारीले पहिलेदेखि नै संघर्षरत अमेरिकीहरुलाई आहत बनाएको छ’, उनले मंगलबार प्रकाशित गरेको ब्लगमा भनिएको छ, ‘सो क्रममा ३८० भन्दा धेरै च्यारिटीअन्तर्गत करिब ६ हजार ५ सयभन्दा बढी संस्थाहरुलाई छनोट गरेको छु ।’

आर्थिक घाटा र स्वास्थ्यको चिन्ताले महिलाहरुलाई बढी सताएको उनले उल्लेख गरेकी छिन् । त्यस्तै यही बेला अर्बपतिहरुको सम्पत्ति भने उल्लेख्य मात्रामा बढिरहेको उनले उल्लेख गरेकी छिन् । उनले ११६ च्यारिटीलाई गत जुलाईमा १ अर्ब ७० करोड अमेरिकी डलर दान गरेकी थियन् । यसबाट अरुलाई पनि दान गर्न अभिप्रेरित गर्ने आशा उनले गरेकी थिइन् । उनको यो वर्षको कुल दान रकम नै ६ अर्ब डलर हाराहारीमा पुगेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया