Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविमान आपूर्तिमा एयरबसले बोइङलाई उछिन्यो

विमान आपूर्तिमा एयरबसले बोइङलाई उछिन्यो


पेरिस, पुस १७
युरोपेली विमान निर्माता एयरबसले सन् २०११ यता पहिलोपटक अमेरिकी विमान निर्माता बोइङलाई विमान आपूर्तिमा उछिनेको छ । रोयटर्सका अनुसार एयरबस आठ वर्षयता पहिलोपटक ठूलो विमान निर्माता कम्पनी भएको हो । कम्पनीले सन् २०१९ मा ८ सय ६३ वटा विमान आपूर्ति गरेको छ । यो अनुमान गरिएभन्दा धेरै हो ।बोइङका ७३७ म्याक्स श्रेणीका विमानमा सफ्टवेयर समस्या देखिएपछि व्यवसाय नै खस्किएका बेला प्रतिस्पर्धी कम्पनीले पछाडि छोडेको बताइएको छ ।

विमान निर्माताहरुको बजार हिस्सामा पकड जमाएको एयरबसले ८ सय ६० वटा जेट बजार पठाउने लक्ष्य राखेको थियो । कम्पनीले सन् २०१८ मा ८ सयवटा विमान आपूर्ति गरेकोमा सन् २०१९ मा ७.९ प्रतिशतले वृद्धि गरेको हो । निर्मित विमान आपूर्तिपछि विमान निर्माता कम्पनीले अधिकांश आम्दानी गर्ने गरेका छन् । बोइङले जनवरी र नोभेम्बरको बीचमा ३ सय ४५ वटा जेट आपूर्ति गरेको थियो । जुन सन् २०१८ को सोही अवधिभन्दा कम हो । उक्त अवधिमा कम्पनीले ७ सय ४ वटा विमान आपूर्ति गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x