कोभिडविरुद्धको खोप सर्वसाधारणका लागि छिट्टै
बेइजिङ ।
चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने यहाँका स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोभिड खोप कार्यक्रम आगामी बर्षको सुरूमा सञ्चालन गर्ने योजना बनाएका छन् ।
यद्यपि केन्द्र सरकारले यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन । चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भए पनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा खोप सेवा सीमित राखिनेछ ।
चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन । सिचुवानका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो विदापछि फेब्रुवरीमा सर्वसाधारणको प्रयोगका लागि खुला गरिने संकेत गरे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया