Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीएमडब्ल्यूले चीनबाट समस्याग्रस्त सवारीसाधन फिर्ता गर्ने

बीएमडब्ल्यूले चीनबाट समस्याग्रस्त सवारीसाधन फिर्ता गर्ने


वेइजिड. ।
जर्मन अटो ब्रान्ड बीएमडब्ल्यूले चिनियाँ बजारबाट समस्याग्रस्त सवारीसाधन फिर्ता गर्ने भएको छ । कम्पनीले अन बोर्ड डाइग्नोष्टिक्स (ओबीडी) प्रणालीमा समस्या देखिएको कारण ९ सय ३६ वटा सवारीसाधन फिर्ता गर्नलागेको चीनको बजार नियामकले जनाएको छ ।

कम्पनीले सन् २०१७ नोभेम्बर २२ र सन् २०२० सेप्टेम्बर ७ को बीचमा उत्पादन भएका एक्स५एम, एक्स६एम, एम५ र एम८ मोडलका आयातित सवारीसाधन फिर्ता गर्ने स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले जनाएको छ । सफ्टवेयर प्रणाली ओबीडीमा समस्या भेटिएको हो । बीएमडब्ल्यू चाइना अटोमोटिभ ट्रेडिङ लिमिटेडले पुनः उक्त सफ्टवेयरको रिप्रोग्रामिङ गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया