डच सरकारद्वारा बेलायत उडानमा प्रतिबन्ध
दि हेग ।
डच सरकारले बेलायतबाट आउने हवाइ उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबारदेखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो । बेलायतले पनि आइतबार सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ । बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ ।
ब्रिटिश सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ । बेलायतमा आगामी क्रिस्मसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ ।
आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ । डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरुमा झनै बढ्न सक्ने बताएको छ ।
यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ । डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया