भारतीय बजार प्रवेश गर्दै चर्चित अमेरिकी अटो निर्माता
नयाँ दिल्ली ।
अमेरिकी अर्बपति एलन मस्कको कार कम्पनी टेस्ला अर्को वर्षको सुरुतिरै भारतीय बजारमा प्रवेश गर्ने भएको छ । भारतीय यातायातमन्त्री नितिन गडकरीले सोमबार यसबारे जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् । विद्युतीय कार निर्माता कम्पनीले सन् २०२१ को सुरुतिरै बिक्री सुरु गर्ने र उत्पादन प्लान्टसमेत स्थापना गर्नसक्ने मन्त्री गडकरीले जानकारी दिएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
यद्यपि टेस्ला र मन्त्रीको कार्यालयले यसबारे जानकारी नदिएको रोयटर्सले जनाएको छ । भारतले पेट्रोलियम पदार्थको निर्भरता हटाउन र प्रदूषण नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यसका लागि विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति अघि बढाए पनि चार्जिङ स्टेसनलगायतका सम्बन्धित पूर्वाधार र उत्पादनमा लगानी जुटाउन सकेको छैन ।
टेस्लाले आफ्नो सबैभन्दा सस्तो मोडेल ३ कार भारतीय बजारमा ल्याउनलागेको हो । यसको मूल्य ५५ लाख भारुसम्म पर्नेछ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले आइतबार सन् २०२१ मा टेस्ला भारतीय बजार छिर्ने कुरा ट्विटमार्फत पुष्टि गरे पनि जनवरीमै भारत आउनेबारे एकीन नभएको बताएका छन् । गत अक्टोवरमा महाराष्ट्र सरकारले टेस्लालाई बोलाएको थियो । त्यसअघि नै मस्कले अर्को वर्ष भारत जाने बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया