Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारल्यापटप र डेस्कटपको बिक्री माग धान्नै मुस्किल पर्ने गरी बढ्यो

ल्यापटप र डेस्कटपको बिक्री माग धान्नै मुस्किल पर्ने गरी बढ्यो


अमेरिका ।
सन् २०२० मा ल्यापटप र डेस्कटप कम्प्युटरको बिक्री बढेको छ । आईफोनले सन् २००७ मा बजार प्रवेश गरेसँगै देख्न नपाएको ल्यापटप र कम्प्युटर डेस्कटपको बिक्री सन् २०२० मा पहिलोपटक लयमा देखिएको रोयटर्सले जनाएको छ । यसका बाबजुद उत्पादकहरुले भने महिनौँसम्म यसको माग धान्न मुस्किल पर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

महामारीका बेला अध्ययन अध्यापन र कतिपय कार्यालयीय कामसमेत अनलाइन माध्यमबाट हुनथालेपछि उक्त प्राविधिक उपकरणको बिक्री ह्वात्तै बढेको हो । कोरोना महामारीमा स्मार्टफोनको बिक्री समेत ह्वात्तै बढेको थियो तर ठूला डिभाइसको बिक्री यसअघि यसरी नबढेको बतााइएको छ । पान अमेरिकाका अध्यक्ष समेत रहेका हार्डवेयर उत्पादक एसर इन्कका ग्रेग प्रेनडर्गास्टले पूरै आपूर्ति प्रणाली कसिलो बनेको बताए ।

पीसी ल्यापटप र कम्प्युटरको शिपमेन्ट सन् २००८ मा ३० करोड हाराहारीमा भएको थियो । तर केही अघि मात्रै भने त्यो कम हुँदै २५ करोडमा झरेको थियो । सन् २०२० मा यो फेरि ३० करोडकै हाराहारीमा पुग्नसक्ने बताइएको छ । यो परिमाणमा शिपमेन्ट भए अघिल्लो वर्षभन्दा १५ प्रतिशत बढी हुनेछ । यस्तोमा ट्याब्लेटहरुको सिमेन्ट द्रुतगतिमा बढिरहेको छ । रिसर्च कम्पनी क्यानालिजका अनुसार पीसी र ट्याब्लेटले सन् २०२१ सकिँदासम्म १ अर्ब ७७ करोडको आँकडा छुनेछन् । यो भनेको सन् २०१९ को १ अर्ब ६४ करोडभन्दा बढी हो । महामारीमा यसको बिक्री झनै बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया