‘अत्यावश्यकबाहेकको यात्रा नगर’
बेइजिङ ।
चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनाबश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्याबश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो ।
नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरू धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरूको भनाइ छ ।
यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरूको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ । मन्त्रालयले पर्यटकहरूलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया