Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआफ्ना कम्पनीलाई सेयरबजारबाट वञ्चित गर्न खोजेपछि अमेरिकाविरुद्ध चीन आक्रोशित

आफ्ना कम्पनीलाई सेयरबजारबाट वञ्चित गर्न खोजेपछि अमेरिकाविरुद्ध चीन आक्रोशित


शांघाई ।
चीनले आफ्ना दूरसञ्चार कम्पनीलाई अमेरिकी सेयरबजारबाट हटाए त्यसलक्षित प्रतिक्रिया दिने भएको छ । विश्वकै चर्चित सेयरबजार न्युयोर्क स्टक एक्सचेन्जले तीनवटा चिनियाँ दूरसञ्चार कम्पनीलाई चीनको सैनिकसँग सम्बन्ध रहेको आरोप लगाउँदै सेयरबजारबाट हटाउने प्रक्रिया अमेरिकाले सुरु गरेपछि चीनको वाणिज्य मन्त्रीले यसविरुद्ध आवश्यक कदम चाल्ने बताएका हुन् ।

अमेरिकी सेयरबजार द निसे (एनवाईएसई)ले बिहीबार चाइना मोबाइल, चाइना युनिकर्न र चाइना टेलिकमलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नोभेम्बरको निर्णयअनुसार अमेरिकामा लगानी गर्न नपाउने गरी डिलिस्ट अर्थात् सूचीकरण रद्द गर्न सक्ने जनाएको थियो । वासिङटनले ती कम्पनीहरु चीनको सेनाले स्वामित्व लिएको वा नियन्त्रणमा रााखेको आरोप लगाउँदै पछिल्लो कदम चाल्नखोजेपछि चीन आक्रोशित भएको हो । अमेरिकाले ३१ चिनियाँ कम्पनीलाई ‘नोटिस’मा राखेको छ ।

तर चीनको वाणिज्य मन्त्रालयले भने विज्ञप्तिमार्फत आक्रोश व्यक्त गरेको छ । ‘यस्ता राष्ट्रिय सुरक्षा र राज्यशक्तिको दुरुपयोग गरी चिनियाँ कम्पनीलाई दबाउने कदमले बजार नियम मिचेको छ’, उसले भनेको छ, ‘यसले चीनका कम्पनीको कानुनी अधिकारमा हानि मात्र पु-याउँदैन स्वयं अमेरिका र अन्य देशहरुका लगानीकर्ताको मनोबलमा समेत क्षति पु-याउँछ ।’

चीनले अमेरिकी कदमविरुद्ध प्रतिकदम चाल्नेमात्र नबताई दुई देशीय व्यापार सम्बन्धलाई लयमा ल्याउन समेत भनेको छ । जनवरी २० मा बाइडेन नयाँ राष्ट्रपतिका रुपमा आउनुअघि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा नीति अख्तियार गरिरहेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र देश चीन र अमेरिकाले व्यापार र मानवअधिकारका मुद्दालाई तानिरहेका छन् ।

डिसेम्बरमा अमेरिकाले दर्जन बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको थियाो । उसले नागरिकस्तरीय प्रविधिलाई सैन्य उद्देश्यमा प्रयोग गरेको आरोप चीनविरुद्ध लगाउँदै आएको छ । तर चिनियाँ विज्ञहरुले भने बाइडेन निर्वाचित भएकोले दुई देशको सम्बन्ध सामान्यस्तरमा फर्काउने आशा गरेका छन् । शनिबार मात्रै चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वांग यीले दुई देश क्रसरोडमा आइपुगेको र यसबाट नयाँ आशाको झ्याल खुलेको बताएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया