निसेको सूचीकरणबाट हटाउने घोषणापछि चिनियाँ कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो
शंघाई ।
चीनका तीन ठूला दूरसञ्चार कम्पनीको सेयर मूल्य हङकङको सेयरबजारमा सोमबार पाँच प्रतिशतले घटेको छ । अमेरिकी सेयरबजार निसे (एनवाईएसई)ले सूचीकरणबाट हटाउने प्रक्रिया थालेको घोषणा गरेपछि त्यसको प्रभावस्वरुप चिनियाँ कम्पनीको सेयरबजारमा पहिरो गएको हो । यद्यपि पछि फेरि सेयर बढेको थियो ।
निसेले बिहीबार चाइना मोबाइल लिमिटेड, चाइना टेलिकम कर्प लिमिटेड र चाइना युनिकर्न हङकङ लिमिटेडलाई सूचीकरणबाट हटाउने प्रक्रिया थालेको बताएको थियो । नोभेम्बरमा अमेरिकी सरकारले ३१ वटा चिनियाँ कम्पनीमाथि चीनको सेनाले स्वामित्व वा नियन्त्रणमा राखेको दाबी गर्दै त्यस्ता कम्पनीको लगानी प्रतिबन्धित गर्ने नीति लिएको थियो । यद्यपि चीनले भने अमेरिकी आरोपको कडा प्रतिवाद गर्दै आएको छ । यसविरुद्ध आवश्यक कदम चाल्ने उसले बताइसकेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले अमेरिकी कदम चिनियाँ कम्पनीलाई दबाउनतिर लक्षित रहेको बताए । उसले व्यापारिक मुद्दालाई अमेरिकाले राजनीतीकरण गरेको आरोप लगाउँदै अमेरिकी नियम विभेदकारी रहेको बताएको छ । चीनको धितोपत्र नियामक आयोगका अनुसार तीन कम्पनीको बजार मूल्य २० अर्ब युआन अर्थात् ३ अर्ब अमेरिकी डलर रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया