न्युयोर्क स्टक एक्सचेन्जले चिनियाँ कम्पनीविरुद्धको कारबाही रोक्यो
अमेरिका ।
अमेरिकी सेयरबजार निसे (एनवाईएसई) चिनियाँ कम्पनीहरुविरुद्ध थालेको कारबाही हाललाई रोकेको छ । बीबीसीका अनुसार तीन चिनियाँ दूरसञ्चार कम्पनीलाई सूचीकरणबाट हटाउने घोषणा गरेको निसे आफ्नो निर्णयबाट पछि हटेको हो । गत डिसेम्बर ३१ मा चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेको आरोपमा चिनियाँ कम्पनीलाई न्युयोर्क स्टक एक्सचेन्ज (निसे)ले सूचीकरणबाट हटाउने प्रक्रिया थालेको बताएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा एउटा कार्यकारी आदेश जारी गर्दै ३१ कम्पनीलाई चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेको भन्दै अमेरिकामा लगानी गर्न नदिने बताएका थिए । सोही आदेशअनुसार निसेले चिनियाँ कम्पनीहरु चाइना मोबाइल लिमिटेड, चाइना टेलिकम कर्प लिमिटेड र चाइना युनिकर्न हङकङ लिमिटेडलाई सूचीकरणबाट हटाउने निर्णय गरेको थियो ।
तर अहिले फेरि नियामकीय अधिकारीसँग यसबारे थप परामर्श गर्ने भन्दै थालेको प्रक्रिया रोकेको छ । निसेले यही हप्ता चिनियाँ कम्पनीलाई हटाउने बताएको थियो । हटाउने बताएसँगै तीनवटै कम्पनीको सेयर सोमबार ५ प्रतिशतभन्दा बढीले हङकङ सेयरबजारमा घटेको थियो। तर पछिल्लो खबरसँगै उनीहरुको सेयर फेरि आकाशिएको छ ।
न्युयोर्क र हङकङको सेयरबजारमा कम्पनीहरुको सेयर बढेको छ । चाइना युनिकर्नको ८.५ प्रतिशतले, चाइना टेलिकमको ८ प्रतिशतले र चाइना मोबाइलको ७ प्रतिशतले सेयर बढेको बीबीसीले जनाएको छ । तीनवटै कम्पनीहरुले चीनमै अधिकांश आम्दानी गर्ने गरेका छन् र अमेरिकामा उनीहरुको उपस्थिति उल्लेख्य छैन । अरुजस्तै यी कम्पनी पनि अमेरिका र हङकङका दुवै सेयरबजारमा सूचीकृत छन् । अमेरिकी सेयरबजारहरुमा २ सयभन्दा धेरै चिनियाँ कम्पनीहरु सूचीकृत छन् । यी सबैको कुल बजार पुँजीकरण २२ खर्ब अमेरिकी अमेरिकी डलरबराबरको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया