गत वर्ष बंगलादेशले भित्र्यायो २१ अर्ब अमेरिकी डलर रेमिट्यान्स
ढाका ।
विदेशमा काम गर्न गएका बंगलादेशी कामदारले औपचारिक अर्थात् वैधानिक माध्यमबाट पैसा पठाउनथालेपछि बंगलादेशको रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च भएको छ । बंगलादेशी मिडियाहरुका अनुसार सन् २०२०मा २१ अर्ब ७४ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको आप्रवाहको तुलनामा यो १८.५९ प्रतिशतले बढी हो ।
डिसेम्बर महिनामा मात्रै प्रवासी बंगलादेशी कामदारले २ अर्ब ५ करोड अमेरिकी डलर पठाएका छन् । २ अर्ब डलरको आँकडा पार गरेको यो लगातार चौथो महिना भएको द डेलिस्टार अनलाइनले जनाएको छ । कोरोना महामारीका बेला रेमिट्यान्स आप्रवाह बढ्दा सरकारलाई समग्र अर्थतन्त्रको व्यवस्थापनमा सहयोग पुगेको छ । यसअघि सरकारको विदेशी विनिमय सञ्चिति पनि ४३ अर्ब डलर पुगेको छ । मार्च महिनामा यस्तो सञ्चिति ३२ अर्ब ३८ करोड अमेरिकी डलर रहेको थियो । उक्त महिना कोरोनाको प्रकोपले समग्र क्षेत्रमा प्रभाव पारेको थियो । विज्ञहरुले रेमिट्यान्स र सञ्चिति महामारी अन्त्य नहुँदासम्म बढिरहने आशा गरेका छन् ।
जनवरीदेखि मार्चसम्म सन् २०२० मा १ लाख ८१ हजार २ सय १८ जना बंगलादेशी विदेश गएको ब्युरो अफ म्यानपावर, इम्प्लोयमेन्ट एन्ड ट्रेनिङ (बीएमईटी)ले जनाएको छ । औसतमा प्रतिवर्ष बंगलादेशबाट ७ देखि ८ लाखसम्म मानिसहरु विदेशमा काम गर्न जाने गरेका छन् । सन् २०१९ मा ७ लाख १ सय ५९ जना कामदार विदेशिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया