फेसबुकका एडभरटाइजिङ इन्टिग्रिटी प्रमुखले पद छोडे
अमेरिका ।
विश्वचर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकका एडभरटाइजिङ इन्टिग्रिटी प्रमुखले पद छोडेका छन् । कम्पनीको आन्तरिक सूचनाअनुसार यही हप्ता फेसबुकको संवेदनशील विषयसम्बन्धी एड प्रोडक्ट हेर्ने रोब लिथर्नले पद छोडेको रोयटर्सले जनाएको छ ।
उनले यही महिनाको सुरुतिर आफूले पद छोड्नलागेको जानकारी गराएका थिए । उनले डिसेम्बर ३० सम्ममा पद छोड्ने बताएका थिए । उनले पद छोडेको बारे यसअघि जानकारी दिइएको थिएन । उनले विज्ञापन र सामाजिक सञ्जालभन्दा बाहिर उपभोक्ताको गोप्य मामिलाबारे काम गर्न फेसबुक छोड्न लागेको जनाएका थिए ।
तर उनले कहाँ जाने भन्नेचाहिँ नखुलाएको बताइएको छ । फेसबुकको विवादास्पद राजनीतिक विज्ञापन नीतिका उनी परिचित अनुहार हुन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुनुअघि अनर्गल दाबी र शंका सिद्धान्तलाई फेसबुकमा अनुमति दिई प्रचारप्रसार गर्न छुट दिएको भन्दै आलोचना भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया