Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको विदेशी मुद्रा सञ्चिति बढ्यो

चीनको विदेशी मुद्रा सञ्चिति बढ्यो


बेइजिङ ।
गत वर्ष डिसेम्बर महिनाामा चीनको विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेको छ । सिन्ह्वाका अनुसार विदेशी सञ्चिति बढेर ३२ खर्ब अमेरिकी डलर पुगेको हो । योसँगै चीनको फरेक्स मार्केट स्थिर देखिएको बिहीबारको आधिकारिक तथ्यांकले देखाएको छ । डिसेम्बरमा ३८ अर्ब डलर सञ्चिति थपिएको स्टेट एडमिनिस्ट्रेटर अफ फरेन एक्सचेन्ज (सेफ)ले देखाएको छ ।

डिसेम्बरको मुद्रा सञ्चिति तथ्यांक सन् २०१६ मेको तथ्यांकको तुलनामा निकै बढी हो । सेफका प्रवक्ता वांग चुनयिङले बजार स्थिर रहेको बताए । कोरोनाको खोप विकास हुँदा र मौद्रिक तथा वित्तीय नीतिका कारण बजार सकारात्मक रहेको उनको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया