ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट घण्टौँसम्म ब्लक गरे
अमेरिकी संसद् भवन ट्रम्प समर्थकको कब्जामा
अमेरिका ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई सामाजिक सञ्जाल फेसबुक र ट्विटरको एकाउन्ट घण्टौँसम्म ब्लक भएको छ । अमेरिकी संसद् भवनमा ट्रम्पका समर्थकले भड्किलो प्रदर्शन गरेपछि दुवै कम्पनीले एकाउन्ट ब्लक गरिदिएको एजेन्सीहरुले जनाएका छन् ।
ट्रम्पले समर्थकलाई सामाजिक सञ्जालमा समर्थकलाई ‘आई लभ यु’ भनेका थिए । पछि उनले समर्थकलाई हिंसामा नउत्रिन भने पनि संसद् भवनपरिसरमै प्रवेश गरेर तोडफोडमा उत्रिएका थिए । ट्विटरले आफ्नो नीतिविपरीत भन्दै ट्रम्पको एकाउन्ट बन्द गरेको थियो । कम्तीमा पनि ट्विटरले ८ घण्टा र फेसबुकले २४ घण्टासम्म एकाउन्ट ब्लक गरेको बताइएको छ ।
ट्विटरले थप भड्काउ सन्देश प्रवाह गरे सधैँका लागि एकाउन्ट बन्द गरिदिने चेतावनी दिएको बीबीसीले जनाएको छ । बिहीबार नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनको विजय संसद्ले प्रमाणीकरण गर्ने भएपछि ट्रम्पका समर्थकले संसद् घेरेका थिए । प्रदर्शनलाई ट्रम्पले समेत सम्बोधन गरेका थिए । बाइडेनको विजयको प्रमाणीकरण रोक्न ट्रम्प समर्थकले अन्तिम प्रयासस्वरुप राजधानी वासिङटनमा प्रदर्शन गरेका हुन् ।
यसका बाबजुद बाइडेनको विजयलाई संसद्ले प्रमाणीकरण गरेको छ । त्योसँगै ट्रम्पले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताएका छन् । एकाउन्ट ब्लक भएपछि ह्वाइटहाउसको सामाजिक सञ्जाल निर्देशक डान स्काभियोले आफ्नै एकाउन्टबाट ट्रम्पको सत्ता हस्तान्तरणसम्बन्धी सन्देश प्रवाह गरेका थिए । ट्रम्पले सत्ता हस्तान्तरण गर्ने बताए पनि निर्वाचन धाँधलीपूर्ण भएकोले नतिजा नस्वीकारेको बताएका छन् ।
ट्विटरले जस्तै फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पको एकाउन्ट २४ घण्टासम्म ब्लक गरेका थिए । दुवै मार्क जुकरबर्गका कम्पनी हुन् । स्न्यापच्याटले समेत ट्रम्पका नयाँ पोस्टमा प्रतिबन्ध लगाएको थियो । बिहीबारको प्रदर्शनमा प्रहरीसँगको घम्साघम्सीपछि ट्रम्प समर्थक चार जनाको मृत्यु समेत भएको बताइएको छ ।
गत नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपतीय चुनाव भएको थियो । मतगणनामा ट्रम्प धेरै राज्यमा अगाडि भए पनि मेल इन ब्यालोट्स अर्थात् हुलाकबाट मतदान भएका मतजति बाइडेनको पक्षमा गएको थियो । रिपब्लिकन ट्रम्प र डेमोक्रेटिक बाइडेनबीचको कडा प्रतिस्पर्धामा हुलाकी मतले निर्णायक भूमिका खेलेपछि ट्रम्प पराजित भएका थिए । तर ट्रम्पले निर्वाचन सकिएको हप्तौँसम्म पनि हुलाकी मतदानको मतलाई वैधता दिएको भन्दै रुष्ट हुँदै आएका छन् । यसलाई उनले अवैध मतदान भएकोले जित आफ्नै भएको दाबी गर्दै आएका छन् । उनले विभिन्न राज्यमा निर्वाचनबारे उजुरी दिए पनि अदालतले उनको दाबी अस्वीकार गरेको थियो ।
यसबाट ट्रम्प समर्थक दुःखी हुँदै प्रदर्शनमा उत्रिएका हुन् । अमेरिकी इतिहासमै सबैभन्दा बढी मतदान भएको निर्वाचनमा ट्रम्पले दोस्रो कार्यकाल जित्ने आकलन गरिए पनि कोरोना महामारीमा आलोचित हुनपुगेका ट्रम्पको पराजय पनि कोरोना नै बन्न पुगेको हो । अमेरिकामा कोरोनाबाट तीन लाख हाराहारीमा मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया