सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने
बेइजिङ ।
कोभिड १९ को सङकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रबार चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ ।
आईएमएफले गरेको पूर्वानुमान यस पहिले गरेको प्रक्षेपण (८.२ प्रतिशत) भन्दा सामान्य कम अर्थात् ७.९ प्रतिशत रहने जनाएको छ । कोरोनाभाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये विश्वव्यापी महामारीबीच पनि आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र मुलुक बनेको छ ।
गत वर्ष पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदरमा समस्या देखिएको भएपनि विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भई उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो । आइएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भएपनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको छ ।
आइएमएफले २०२० को लागि तय गरेको १.९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ । आईएमएफका अनुसार चिनियाँ अर्थव्यवस्थाले महामारीबाट आफ्नो छिटो पुनःप्राप्तिलाई निरन्तरता दिइरहेको छ ।
चीनले कोभिड–१९ महामारी नियन्त्रण प्रयास र संकटको प्रभावलाई छोटो समयमा कम गन नीतिगत कार्यहरूले सहयोग पु-याएको छ । वृद्धि अझै असन्तुलित छ किनकि सार्वजनिक खण्डमा पछाडि आएको सुधारले सार्वजनिक उपभोग ठूलो निर्भरता देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया