Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका हाम्रो मुख्य शत्रु

अमेरिका हाम्रो मुख्य शत्रु

ट्रम्प सत्तामा रहुन्जेल चुपचाप उत्तर कोरियाले भन्यो :


प्योड.योड. ।
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका उत्तर कोरियाको मुख्य शत्रु रहेको बताउँदै आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीति अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसीएनएका अनुसार नेता उनले अमेरिका आफ्नो देशको मुख्य शत्रु भएको बताएका हुन् ।

उत्तर कोरियाविरुद्ध अमेरिकाले पहिलेदेखि नै शत्रुतापूर्ण नीति लिएको उनको भनाइ छ । उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं काँग्रेस बैठकमा नेता अनले सो कुरामा जोड दिएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले अमेरिकाले उत्तर कोरियासँगको सत्रुतापूर्ण नीतिको अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरुमा सहज हुने बताएका हुन् ।

अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् । तर पनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । उत्तर कोरियाली नेता किमले यही जनवरी २० मा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनमात्र अघि शनिबार यस्तो प्रतिक्रिया दिएका हुन् । उनले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिएका थिए ।

दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो शत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने बताएका थिए ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता पनि भएको थियो । त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो । त्यसैले गएका कैयौँ दशकपछि पछिल्लोपटक करिब तीन वर्ष अघि भने उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको थियोे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया