ट्रम्पको खाता बन्द गरेपछि ट्विटरको सेयर २ प्रतिशतले घट्यो
अमेरिका ।
संसारकै शक्तिशाली देश अमेरिकाको शक्तिशाली मान्छे राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता सधैँका लागि बन्द गर्ने घोषणापछि सामाजिक सञ्जाल कम्पनी ट्विटरको सेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ । रोयटर्सका अनुसार उक्त घोषणालगत्तै पछिको कारोबारमा सेयरबजारमा ट्विटरको सेयर प्रतिकित्ता ५०.२० अमेरिकी डलरमा कारोबार भएको थियो जुन अघिल्लो अन्तिम मूल्यभन्दा २.४ प्रतिशतले कम हो । गत बुधबार ट्विटरले ट्रम्पलाई अस्थायी रुपमा ब्लक गरेको थियो ।
ट्विटरमा ट्रम्पका आठ करोड ८० लाखभन्दा धेरै अनुयायी (फलोअर) थिए । ट्रम्प समर्थकले उनकै उक्साहटमा अमेरिकी संसद्मा कब्जा गरेर तोडफोड गरेको भन्दै ट्विटरले ट्रम्पको खाता सञ्चालनमा अस्थायी रोक लगाएको थियो तर पछि उसले ट्रम्पलाई सधैँका लागि बन्द गरिदिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया