अप्रिलयता पहिलोपटक अमेरिकामा डेढ लाख रोजगार गुम्यो
वासिङटन ।
गत वर्ष डिसेम्बर महिनामा अमेरिकामा डेढ लाख रोजगारी गुमेको छ । बीबीसीका अनुसार कोरोना संक्रमण फेरि फैलिन थालेसँगै अमेरिकामा १ लाख ४० हजार रोजगारी गुमेको हो । अमेरिकामा अहिले बेरोजगारी दर ६.७ प्रतिशत अपरिवर्तित अवस्थामा छ । खासगरी रेस्टुराँ र बारहरुमा रोजगारी गुमेको बताइएको छ ।
पछिल्लो तथ्यांकले कोरोना महामारीबाट तंग्रिँदै गरेको अमेरिकी अर्थतन्त्र फेरि जोखिममै रहेको आकलन गरिएको छ । यसअघि २ करोड गुमेको रोजगारीमध्ये आधाजसो पुनः प्राप्ति भएको थियो ।
अमेरिकी श्रम विभागका अनुसार १ करोड १० लाख मानिस अहिले पनि कामविहीन छन् भने ७० लाखभन्दा बढीले रोजगारी चाहेका छन् । थोरै मूल्य प्राप्त हुने र न्यूनवर्गीय कामदारलाई पछिल्लो बेरोजगारीले छोपेको छ । अक्टोबर र नोभेम्बर महिनामा उल्लेखनीय रुपमा रोजगारी सिर्जना भएको थियो ।
विभागको रिपोर्टअनुसार उपभोक्ताको खर्च र खर्च गर्ने क्षमता दुवै कमजोर अवस्थामा रहेको देखिएको छ । कोरोनाको खोप समेत विकास भइसकेको अवस्थामा रोजगारी गुमेको तथ्यांक सार्वजनिक भएको हो । विश्लेषकहरुले अमेरिकी अर्थतन्त्र पुनः तंग्रिएको मान्न नसकिने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया