अमेजनविरुद्ध पार्लरले मुद्दा हाल्यो
अमेरिका ।
सामाजिक सञ्जाल कम्पनी पार्लरले अमेजन कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । प्रविधि कम्पनी अमेजनले आफ्नो एपलाई हटाएर ‘एन्टिट्रस्ट’ कानुन उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएको आरोपमा ट्विटरले उनको एकाउन्ट नै सदाका लागि हटाइदिएको थियो । परम्परागत विचारको नाममा सबै पोष्टलाई छुट दिएको आरोप पार्लरमाथि लगाइएको छ । उक्त एप प्रविधि कम्पनी अमेजनको अमेजन वेब सर्भिसको क्लाउड कम्प्युटिङ सर्भिसमा निर्भर रहेर ट्विटरको विकल्पको रुपमा काम गर्छ । पार्लर डोनाल्ड ट्रम्पका समर्थकमाझ चर्चित छ तर ट्रम्प स्वयं भने पार्लर प्रयोग गर्दैनन् ।
दर्जन बढी पोष्टहरु हिंसा भड्काउने खालका हुँदा पनि नहटाएकोले अमेजनले एपलाई गरिराखेको समर्थन फिर्ता लिएको थियो । त्यसविरुद्ध पार्लरले आफ्नो एपमाथि अन्याय भएको भन्दै संघीय अदालतमा मुद्दा हालेको बताइएको छ । तर अमेजनले भने पार्लरको दाबी खण्डन गरेको छ । पार्लर सन् २०१८ देखि सञ्चालनमा छ । ट्रम्प समर्थकले संसद कब्जा गरेपछि पार्लरमाथि सहयोगी कम्पनीले साथ छोडेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया