टेस्लापछि अर्को अमेरिकी कम्पनी पनि भारत आउँदै
नयाँ दिल्ली ।
भारतमा यो वर्ष धेरै अटोमोबाइल कम्पनीको प्रवेश हुने भएको छ । अमेरिका तथा फ्रान्सका कम्पनीहरु भारतीय बजारमा प्रवेश गर्ने भएका हुन् । चर्चित कम्पनी टेस्लाले त भारतको बेंग्लोरमा कम्पनी नै दर्ता गरिसकेको छ । त्यसपछि अर्को अमेरिकी कम्पनी ट्राइटन पनि भारत आउने भएको होा । उसले आफ्नो विद्युतीय कार ‘इलेक्ट्रिक सेडान एन४’ यही वर्ष भारतमा सार्वजनिक गर्नलागेको बताइएको छ ।
ट्राइटनको यो कारमा शक्तिशाली ब्याट्री लगाइएको छ जसको रेन्ज ५ सयदेखि ७ सय किमिको बीच रहनेछ । ट्राइटनले भारतमा कार ल्याउनेमात्र नभई व्यवसाय विस्तारको समेत योजना बनाएको छ । यसका लागि उसले भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीईएल)सँग कुरा गरिरहेको छ ।
ट्राइटन एन४ ईभीको मूल्य ३५ लाख भारु सुरुवाती मूल्य हुनेछ । यो कार एन४, एन४–एस, एन४–आर र सीमित संस्करणको एन४ जीटीजस्ता भेरिएन्ट सार्वजनिक गर्नेछ । ट्राइटनको ब्याट्री ७५ केडब्ल्यूएचसम्मको हुने बताइएको छ । एकपटक चार्ज गरेपछि यो कार ५२३ किमिदेखि ६९३ किमिसम्म गुड्नेछ । भारतमा यिनका अतिरिक्त यही वर्ष मारुती सुजुकी, हुन्डाई, टाटा मोटर्सलगायतका कम्पनीले पनि नयाँ विद्युतीय कार सार्वजनिक गर्दै छन् । यसले विद्युतीय कारको बजार भारतमा विस्तार हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया