Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो : संयुक्त राष्ट्रसंघ

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो : संयुक्त राष्ट्रसंघ


न्युयोर्क ।
विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।

यो पहिलेको वर्ष सन् २०१९ को भन्दा धेरै नै कमी हो भनिएको छ । संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांकअनुसार सन् २०२० मा मात्र पनि विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय उक्त निकायले परिभाषित गरेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । उक्त प्रतिवेदनमा विश्वमा आप्रवासीका रुपमा बस्न थालेका नागरिकहरुमध्ये विश्वका २० देशमा नै सबैभन्दा बढी रहेका पाइएको बताइएको छ । यसमध्ये आप्रवासीहरु सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् ।

त्यसैगरी सन् २०२० मा अमेरिकामा मात्र ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए । त्यसैगरी जर्मनीमा १ करोड ६० लाख, साउदी अरेबियामा १ करोड ३० लाख र रुसमा १ करोड २० लाख र बेलायतमा ९० लाख नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया