Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेश १५ वर्षपछि विश्वको २५औं ठूलो अर्थतन्त्र बन्ने

बंगलादेश १५ वर्षपछि विश्वको २५औं ठूलो अर्थतन्त्र बन्ने


ढाका, पुस २१
बंगलादेशको अर्थतन्त्रले सन् २०२० देखि २०३४ सम्मको अवधिमा ठूलो फड्को मार्ने भएको छ । वल्र्ड इकोनोमिक लिग टेबल २०२० को तथ्यांकले यस्तो देखाएको हो । चालू वर्षमा विश्वका १ सय ९३ देशमध्ये बंगलादेश ४०औँ स्थानमा छ तर सन् २०३४ मा भने बंगलादेश २५औँ ठूलो अर्थतन्त्र बन्ने तथ्यांकमा उल्लेख छ । हाल उक्त स्थान बेल्जियमले लिएको छ । लन्डनमा मुख्य कार्यालय रहेको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च (सीईबीआर)ले उक्त तथ्यांक तयार गरेको हो । यो संस्थाले अन्तर्राष्ट्रिय आर्थिक अनुमान प्रक्षेपण गर्ने गर्छ ।

उक्त तथ्यांकअनुसार धेरै एसियाली अर्थतन्त्र माथि उठ्नेछन् । एसियाली देश फिलिपिन्स उक्त समयमा २५ ठूलो अर्थतन्त्र भएका देशको सूचीमा प्रवेश गर्नेछ भने सन् २०३४ मा उसको अर्थतन्त्र २२औँ ठूलो हुने अनुमान गरिएको छ । बंगलादेश अहिले न्यून मध्यआय भएको देशमा छ । जीडीपीको ५ हजार २८ डलर प्रतिव्यक्ति आय भएको बंगलादेशी अर्थतन्त्र चालू वर्ष राम्रो रहेको छ । आर्थिक वृद्धिदर यो वर्ष ७.८ प्रतिशत रहेको छ सन् २०१८ मा ७.९ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो । सन् २०१४ यता बंगलादेशको जनसंख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतले वृद्धि भएको छ । यसको मतलब बंगलादेशको प्रतिव्यक्ति आय पनि पछिल्ला वर्षमा वृद्धि भइरहेको छ ।

गत वर्ष बंगलादेशको सरकारी ऋण जीडीपीको ३४.६ प्रतिशतले बढेको थियो । सन् २०१८ मा यस्तो दर ३४ प्रतिशत रहेको थियो । सन् २०२० र २०२५ को बीचमा बंगलादेशको आर्थिक वृद्धिदर ७.३ औसतमा रहने अनुमान गरिएको छ । यही गतिमा अर्थतन्त्र रहने हो भने २०३४ मा बंगलादेश २५औँ ठूलो अर्थतन्त्र बन्नेछ । एसियामा मलेसिया, बंगलादेश र फिलिपिन्सको आर्थिक वृद्धिदर द्रुतगतिमा बढेको देखिएको छ ।

दक्षिण एसियामा भारतले सन् २०१९ मा फ्रान्स र बेलायतजस्ता अर्थतन्त्रलाई उछिनेर पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ । भारतले जर्मनीलाई पनि उछिनेर सन् २०२६ मा चौथो ठूलो अर्थतन्त्र बन्ने र जापान २०३४ सम्ममा तेस्रो ठूलो विश्व अर्थतन्त्र बन्ने तथ्यांकले देखाएको छ । उक्त अवधिमा पाकिस्तानको अर्थतन्त्र भने ४४औँबाट ५०औँमा पुग्ने अनुमान गरिएको छ । त्यस्तै माल्दिभ्स १४९औँबाट १४५औँ स्थानमा घट्नेछ ।

नेपाल ८८औँ स्थानमा :- यसैबीच, नेपालले पनि उक्त अवधिसम्म राम्रै फड्को मार्ने देखिएको छ । सन् २०३४ सम्ममा नेपाल १००औँ स्थानबाट ८८औँ स्थानमा स्थानोन्नति हुनेछ भने श्रीलंका ६७औँबाट ६२औँ, भुटान १ सय ६३औँबाट १ सय ६०औँ र अफगानिस्तान ११७औँबाट १०७औँ स्थानमा पुग्ने देखिएको छ । सन् २०२० मा पनि अमेरिका नै विश्वको ठूलो अर्थतन्त्र भएको देश रहिरहने अनुमान गरिएको छ तर सन् २०३३ मा भने चीनले अमेरिकालाई उछिन्ने अनुमान प्रक्षेपण गरिएको छ । सीईबीआरको ११औँ वार्षिक विश्व आर्थिक परिदृश्य प्रतिवेदनले यस्तो अनुमान गरेको हो । यसले फरक अर्थतन्त्र र परियोजनाहरुको हरेक १५ वर्षमा ट्रयाक गर्ने गर्छ । यसले मुख्य आधार तथ्यांक भने अन्तर्राष्ट्रिय मुद्राकोषबाट लिएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x