Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगोसन भागेपछि जापानी अध्यागमनमा कडाइ

गोसन भागेपछि जापानी अध्यागमनमा कडाइ


टोक्यो, पुस २१
जापानले आइतबारदेखि अध्यागमनमा थप कडाइ गरेको छ । सवारीसाधन निर्माता निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोसनले जापानी अधिकारीको आँखा छल्दै देश छोडेपछि जापानले अध्यागमनमा थप कडाइ गरेको हो । गोसन धरौटीमा रिहा भएको समयमा जापान छोडेर अघिल्लो हप्ता मंगलबार लेबनान पुगेका थिए । जापानी कानुनमाथि प्रश्न उठाउँदै उनी फरार भएका हुन् ।

गोसन टोक्योमा सन् २०१८ नोभेम्बरमा पक्राउ परेका थिए । उनीमाथि धेरै अभियोगमा मुद्दा चलिरहेको छ । जापानी न्यायमन्त्री मासाको मोरीले गोसनको बहिर्गमनलाई निकै चिन्ताजनक भन्दै उनले देश छाडेको कुनै रेकर्ड नभएको बताएकी छिन् । उनले अनुसन्धान जारी रहने बताउँदै गोसनलाई समाउन अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत प्रयास भइरहेको समेत बताएकी छिन् । गोसन भागेपछि अदालतले उनको धरौटी जफत गरेको पनि बताइएको छ ।

गोसनविरुद्ध मुद्दा हाल्ने कानुन अधिकारकर्मीले भने जापानको न्यायिक प्रणालीको पक्षमा वक्तव्य निकालेका छन् । यद्यपि जापानले गोसनलाई पुनः जापान ल्याउन कस्तो कदम चाल्छ भन्ने खुलेको छैन । जापानले अमेरिका र दक्षिण कोरियासँग मात्रै सुपुर्दगी सन्धि गरेको छ । सोही कारण गोसनलाई जापान ल्याउन जापानलाई अप्ठ्यारो पर्नसक्छ । जापानी मन्त्रीले टोक्योमा सोमबार पत्रकारहरुसँग सानो अन्तर्क्रियाका क्रममा उक्त कुरा बताएको रोयटर्सले जनाएको छ । यसैबीच, लेबनानले इन्टरपोलमार्फत गोसनलाई समाउन आएको सूचना प्राप्त भएको छ । तर लेबनानले भने उनी कानुनी रुपमै उनी लेबनान प्रवेश गरेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x