Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरान–अमेरिका तनावले खाडी देशका सेयरबजार ओर्लिए

इरान–अमेरिका तनावले खाडी देशका सेयरबजार ओर्लिए


दुबई, पुस २१
गत शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी कुद्स सेनाका प्रमुख कमान्डर मारिएपछि बढेको इरान–अमेरिकाको तनावसँगै खाडी देशका सेयरबजार ओरालो लागेका छन् । आइतबार कुवेती र साउदी सेयरबजारमा गिरावट आएको छ । शुक्रबार इरानी कमान्डरलाई अमेरिकी सेनाले इराकको बग्दादमा ड्रोनबाट रकेट आक्रमण गरी मारिदिएपछि यस क्षेत्र अहिले अशान्त अवस्थामा छ ।

रोयटर्सका अनुसार सोही कारण ठूलो तेल उत्पादनकर्ता साउदी अराम्कोको सेयर आईपीओ जारी भएयताकै न्यूनविन्दुमा झरेको छ । कम्पनीको सेयर १.७ प्रतिशतले घटेको हो । गत महिना प्रथम सार्वजनिक निष्काशन गरेको कम्पनीको सेयर प्रतिकित्ता ३४.५५ रियाल पुगेको छ । इरानी सेनाको विदेश हेर्ने महत्वपूर्ण जिम्मेवारी पाएका कासिम सुलेमानीको मृत्युसँगै इरानले अमेरिकाविरुद्ध बदलाको धम्की सुरु गरेका कारण खाडी क्षेत्र थप अस्थिर बनेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

सोही कारण कुवेती सेयरबजार पनि ४.१ प्रतिशतले घटेको छ भने साउदी सेयरबजारमा २.२ प्रतिशतको गिरावट देखिएको छ । दुवईको सेयरबजार पनि ३.१ प्रतिशतले घट्दा पोपर्टी फर्म एमार प्रोपर्टीको सेयर ३.७ प्रतिशतले घटेको छ । त्यस्तै आबुधाबी सूचक पनि १.४१ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बैंकहरुको सेयर पनि घटेको छ । अल राझी बैंकको सेयर २ प्रतिशतले घट्दा साम्बा फाइनान्सियल ग्रुपको ३ प्रतिशतले गिरावट आएको छ । पछिल्लो तनावले विश्वबजारमा तेल, सुनलगायतका वस्तुमा मूल्य वृद्धि हुनसक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x